डिआरजी सुमन
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वार्ड न १२ डिभर्ना सल्लिकोट बस्यालटोला निवासी जिवन कुमार बस्यालको दुखद निधन भएपछी पत्रकार भुवन केसीले शोक सन्देश जारी गर्नुभएको छ ।
डेङुको संक्रमण पस्चात उपचारको क्रममा अल्पायु मै निधन भएका स्व बस्याल एक कुशल, ब्यवहारिक र समाजिक ब्यक्तित्व भएकोले उहाँको मृत्युलाई अपुर्निय क्षेतीको रुपमा लिईएको पत्रकार केसीको ठम्याई छ । मिठो बोलि सभ्य ब्यवहार र स्पस्ट बिचारका धनी स्व बस्याल आफ्नो कुशल नेतृत्वका कारण एक राजनैतिक पार्टीमा पनि जिम्मेवार तहमा सकृय हुनुन्तेओ ।
समाजका हरेक गतिबिधिमा अग्रसर रहने र सबै तह र तप्काका मानिसलाई समान दृस्टीकोणबाट हेर्ने स्व बस्यालका श्रीमती, एक छोरी र एक छोरा हुनुहुन्छ । केहि समय बैदेशिक रोजगारीमा समेत रहनुभएका बस्याल समाजिकस्तरमा नयाँ आशा लाग्दो नेतृत्व भएका कारणले पनि उहाँको निधनमा जिल्ला स्थित सामाजिक राजनैतिक संघसस्था एव महत्त्वपूर्ण ब्यक्तिहरुबाट अकल्पनिय क्षेती भन्दै शोक जताईएको छ ।
अर्घाखाँची डटकममा समेत आवद्द पत्रकार भुवन के सीले जारी सन्देसको अन्त्यमा मृतआत्माको चिर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समबेदना प्रकट गर्नुभएको छ ।