अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाभरका गाउँमा अपरिचित व्यक्तिकाे विगविगी, धनमाल चाेरी वा बालबच्चा चाेरकाे विषयले समाजिक सञ्जालमा व्यापकता पाएकाे छ । भने जिल्ला नै आतंकित बनेको छ ।
उता जिल्ला नै आतन्कित भएको बेला जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै त्रसित नहुन, ढुक्क हुन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
प्रहरीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार जिल्लाभर सुरक्षा गस्ती गर्ने, शुत्र परिचालन, सोधपुछ, अनुसन्धान भईरहेको बताएको छ । साथै प्रहरीले नजिकिदै गरेको उप निर्वाचनमा शान्तिपूर्ण सम्पन्न गर्न र जिल्लाको शान्तिको लागि प्रतिबद्द रहेको उल्लेख गरेको छ ।
यस्तै जिल्ला नै आतन्कित भएपछि प्रमुख जिल्ला अधिकारी बिजय राज पौडेल, प्रहरी प्रमुख लगायत सुरक्षाकर्मीहरु लगायतको टोलीले मंगलबार रातीसम्म सन्धिखर्कका विभिन्न भागमा गस्ती गरेका थिए ।
जिल्लाका विभिन्न ठाउँहरुमा केही दिन देखि अपरिचित मान्छेहरु आइरहेको र कालो पोशाक लगाएका नकावधारी, बच्चा सोध्ने, घरमा ढुङ्गा हान्ने, ढोका हान्ने जस्ता कारण भन्दै स्थानीय गाउँ तथा बजार क्षेत्रमा महिला तथा बालबालिकाहरु धेरै आतन्कित बनेका छन् ।
यस्तै प्रहरीले कुनै अपरिचित मान्छेहरु देखेमामा वा समस्या परेमा प्रहरीलाई जानकारी गर्न अनुरोध गरेको छ ।