अर्घाखाँचीडट्कम संवाददाता
मालारानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । मालारानी गाउँपालिका–३ खनदहमा वडाध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट शोभाखर खनाल, नेकपाबाट यमलाल खनाल र राप्रपाबाट रणबहादुर खनालको उम्मेद्वारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यलय खनदहले जनाएको छ।
यस्तै यहि मंसिर १४ गते मालारानी गाउँपालिका वार्ड न. ३ मा अध्यक्ष पदका लागि सप्पन्न हुन लागेको उप निर्वाचन मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो उम्मेद्बारी दर्ता गराएको छ।
नेकपा मालारानी का पुराना कम्युनिस्ट नेता यम लाल खनालले उक्त पार्टी को तर्फ बाट आफ्नो उम्मेद्बारी दर्ता गराएका हुन बाजागाजा सहित ठूलो संख्या मा उपस्थित नेता तथा कार्यकर्ता मोनोनयन पछि चुनाबी सभामा परिणत भएको थियो ।
चुनाबी सभा लाई नेकपा स्थाइ कमिटी सदस्य तथा पुर्ब उपप्रधानमन्त्री मा.टोपबहादुर रायमाझी ,केन्द्रिय सदस्य नजिर मिया ,शुशिला श्रीपाली,राष्ट्रिय सभा सदस्य मा.चन्द्र बहादुर खड्का ,प्रदेश सभा सदस्य हरु मा.चेतनारायण आचार्य , मा.रामजी प्रसाद घिमिरे ,प्रदेश कमिटी सदस्य ठाकुर कुमार बिक ,कार्यबाहक वडा अध्यक्ष दिपा पोख्रेल ,वडा अध्यक्ष का उमेदवार यमलाल खनाल राजमोका केन्द्रिय सदस्य शेर बहादुर बिसि लगायत का नेता ले सम्बोधन गरेको कार्यक्रम को अध्यक्षता शालिकराम आचार्य स्वागत डन्डपानी पोख्रेल र सन्चालन शिव कुवर ले गरेका थिए ।
काङ्ग्रेसले उम्मेद्बारी
यस्तै यहि मंसिर १४ गते मालारानी ३ मा सम्पन्न हुन लागेको वडा अध्यक्ष पदको उपनिर्वाचन मा नेपाली काङ्ग्रेस ले आफ्नो उम्मेद्बारी दर्ता गराएको छ ।
नेपाली काङ्ग्रेस पालिका कमिटी का अध्यक्ष शोभाखर खनाल ले आफ्नो उम्मेद्बारी दर्ता गराएका छन् विभिन्न नाराजुलुस सहित पुगेका नेता कार्यकर्ता मनोनयन पछी चुनावी कोण सभामा परिणत भएका थिए ।
कोण सभा लाई नेपाली काङ्ग्रेस का केन्द्रिय सदस्य हरु मा. मान बहादुर बिक,मा. पुस्पा भुसाल प्रदेश सभा सदस्य मा. निर्मला क्षेत्री ,जिल्ला सभापति बिष्णु प्रसाद खनाल वडा अध्यक्ष पदका उमेदवार शोभाखर खनाल ले सम्बोधन गरेका थिए ।