अर्घाखाँचीमा निर्माण व्यवसायीहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाए

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची कार्तिक २७ । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेपाल निर्माण व्यवसायी संघ अर्घाखाँचीले आफ्ना मागहरुको सुनुवाई नभएको भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । 
व्यवसायीहरुले बुधवार जिल्ला प्रशासन कार्यालय मार्फत सार्वजनिक खरीद निमावली २०७६ ले म्याद थप र बैंक क्रेडीट लाईनमा असाध्यै नकारात्मक असर पर्नेगरी प्राबधान राखिएको भन्दै गलत कुराहरु सच्याउन पुन: आग्रह गरी प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् ।  
संघका जिल्ला उपाध्यक्ष काशिराम बस्यालको नेतृत्वमा गएका निर्माण व्यवसायीहरुले सार्वजनिक खरीद क्षत्रलाई नै धराशायी बनाउने गरी कायम रहेका प्राबधानहरु तत्काल संशोधन वा खारेजीको माग गर्दै ज्ञापनपत्र बुभाएका हुन् ।
ज्ञापनपत्र बुझाउने क्रममा युवा व्यवसायी कविराम खनालले ज्ञापनपत्र पढेर सुनाएका थिए । उनले आफुहरुका मागहरुमा सरकार गम्भिर नभए धर्ना, तालावन्दी, हेभी उपकरणहरु सडकमा राख्ने, निर्माण कार्यहरु ठप्प पार्ने, टेन्डर बहिष्कार गर्ने लगायतका आन्दोलन गर्न आफुहरु बाध्य हुने बताएका थिए ।
साथै ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जायज मागहरु आफुले तत्कालै सम्विन्धित ठाउँमा पठाउने भन्दै मागहरु पुरा हुने विस्वास समेत व्यक्त गरेका थिए ।

अन्य समाचारहरु