सन्धिखर्कको बराहनेटा आधारभूत बिधालयमा गिर बहादुर सुमित्रा छात्रवृत्ति अक्षयकोष स्थापना (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता
बराहनेटा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ३ बराहनेटा छापडाँडाको श्री आधारभूत बिधालयमा गिर बहादुर सुमित्रा छात्रवृत्ति अक्षयकोष स्थापना तथा रकम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
आफ्नो स्वर्गीय बुवा गिर बहादुर र आमा सुमित्रा देबि खडकाको स्मृतिमा छोरा बाबुराम खडका ( बाबू खड्का )र बुहारी शान्ता खड्काले रु २,०२२२२।- दुइलाख दुईहजार दुईसय बाईसको छात्रवृत्ति अक्षयकोष स्थापना गर्नु भएको हो ।     
 
गिर बहादुर सुमित्रा स्मृति छात्रवृत्ति अक्षयकोष कार्यक्रममा प्रमुख अतिथी वडाअध्यक्ष लिलाराम गौतम, बिधालय ब्यबस्थापन समितीका पुर्ब अध्यक्ष सहिदिन मियाँ, बिधालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य, शिक्षक दिलिप केसी लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको अध्यक्ष चिरन भारतीले गर्नु भएको थियो । 
तस्बिर: सहयोगी बिसी 

अन्य समाचारहरु