( प्रकासित मिती: २०७६ कार्त्तिक ३०, शनिवार)
अर्घाखाँची जिल्लाको सन्धिखर्क वार्ड नम्बर ७ खाँचीकोटको फुदवाङमा साना किसान कृषि सहकारी संस्था खाँचीकोटको साधरण सभा सम्पन्न भएको छ । साधरण सभामा संस्थाका अध्यक्ष लक्ष्मण कडेलले संस्थाले अहिलेसम्म गरिरहेको गतिबिधि सागठनिक प्रतिबेदन साधरण सदस्यहरु सामु पेस गर्नु भएको थियोे । यस्तै साना किसान सहकारी संस्था लिमिटेड खाँचिकोटले सेयर सदस्य मध्ये जेष्ठ सदस्यहरु खिमकला आचार्य, तेजकुमारी खत्री, मेघनाथ चुंदाली, रोमनाथ चुँदालीलाई सम्मान गरेको थियो ।
शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क वार्ड नम्बर ७ खाँचीकोटको फुदवाङमा साना किसान कृषि सहकारी संस्था लिमिटेड खाँचिकोट अर्घाखाँचीको १५ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
कार्यक्रममा मन्तव्य राख्ने बक्ताहरुले सहकारी गरिब तथा विपन्न जनताको दु:ख सुखको साथी भएको बताए । आफु सँग रुपैयाँ पैसा नभए पनि उद्यम गर्न चाहने हरुका निम्ति सहकारी सञ्जिबनी भएको उनिहरुले बताए ।
यसरी मन्तव्य राख्ने हरुमा जिल्ला कृषि सहकारी संघका सचिव पदमबहादुर खत्री ,साना किसान कृषि सहकारी संस्था नरपानीका सुनिता बि.क.,प्रबन्धक सरस्वती न्यौपाने ,साना किसान ढिकुराका सदस्य लक्ष्मी सारु,पत्रकार सहयोगी बि.सी. लगायत हुनुहुन्थ्यो ।
साना किसान कृषि सहकारी संस्था लिमिटेड खाँचिकोटका अध्यक्ष समाजसेवी लक्ष्मण कँडेलको अध्यक्षता,प्रबन्धक विष्णुप्रसाद मरासिनीको संचालन र उपाध्यक्ष पद्मलोचन आचार्यको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्था र साधारण सदस्यहरुले मन्तव्य राख्दै संस्थाले गरेको कामको मुक्त कण्ठले प्रसंसा गरेका थिए ।
साधारणसभाले संस्थाको अहिलेको अबस्था र भावि योजना पेश गरिएको अध्यक्ष कँडेल द्वारा प्रस्तुत प्रतिवेदन लगायत विभिन्न प्रतिबेदनहरु सर्वसहमतले पारित गरेको थियो ।
तत्कालीन खाँचिकोटका किसानहरु द्वारा संचालित सहकारीले अहिले सिङ्गो सन्धिखर्क नगरपालिका लाई आफ्नो कार्यक्षेत्र बनाएको छ । २ सय ३० समुह रहेको सहकारीमा १ हजार ४६ महिला र २ सय ३६ पुरुष गरि कुल १ हजार २ सय ८२ जना साधारण सदस्य रहेका छन् ।