अखिल छैठौं अर्घाखाँचीले २५ औं जिल्ला सम्मेलन पौष ४ र ५ गते सन्धिखर्कमा गर्ने

गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची कार्तिक–३० । अखिल छैठौं अर्घाखाँचीले आसन्न पौषको पहिलो हप्ता  २५ औं जिल्ला सम्मेलन गर्ने भएको छ । 
संगठनको आज सन्धिखर्कमा सम्पन्न बैठकले“शैक्षिक ब्यापारीकरण र संघियता बिरुद्ध हाम्रो आन्दोलन,जनवादी शिक्षा र राष्ट्रियताको रक्षाका लागि २५ औं जिल्ला सम्मेलन”भन्ने मुल नाराका साथ पौष ४ र ५ गते सन्धिखर्कमा सम्मेलन गर्ने निर्णय गरेको अखिल छैठौं अर्घाखाँचीले जनाएको छ ।
अखिल छैठौंका केन्द्रिय सचिव गोपाल प्रसाद भट्टराई र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के.सी.को बिशेष उपस्थितिमा सम्पन्न बैठकले सम्मेलनलाई सफल पार्न सन्देश खनालको संयोजकत्वमा ७ सदस्यिय मुल आयोजक समिति,पुरन नेपालीको संयोजकत्वमा ३ सदस्यिय आर्थिक ब्यबस्थापन समिति र आकाश भाटको संयोजकत्वमा १ सय १ सदस्यिय प्रचार–प्रसार समितिको गठन गरेको छ । 
जिल्ला अध्यक्ष सन्देश खनालको अध्यक्षता, हिम्मत खनालको स्वागत मन्तव्य र आकाश भाटको संचालनमा सम्पन्न बैठकले आसन्न पौषको पहिलो हप्ता हुने जिल्ला सम्मेलन र फागुन २७ देखी चैत्र १ गते सम्म अखिल छैठौं केन्द्रिय समितिको आयोजनामा काठमाडौंमा हुने संघियता बिरुद्ध बृहत विद्यार्थी मार्च कार्यक्रमलाई भव्य रुपमा सफल पार्न मंसिर महिनाभर जिल्लाका ६ वटै पालिकामा सांगठनिक गतिबिधिलाई तिब्र पार्ने,सांगठनिक अभियानको शिलशिलामा सामाजिक बिकृति,भ्रष्ट्रचार,लैङ्गिक हिंसा,बलत्कार,लागुऔषध दुव्र्यशनीका बिरुद्ध सचेतना मुलक प्रशिक्षण संचालन गर्ने लगायतका निर्णय गरेको अखिल छैठौं जिल्ला सचिवालय सदस्य हिम्मत खनालले जानकारी दिनुभएको छ ।

अन्य समाचारहरु