नबिन के.सी
खनदह, अर्घाखाँची । मालारानी गाउँपालिको केन्द्र खनदहलाई जोडने बिभिन्न सड्कका ४ स्थानमा यसै बर्ष पक्की पुल बन्ने नेपाल सरकारका पूर्ब उपप्रधानमन्त्री तथा नेकपाका नेता टोपबहादुर रायमाझीले बताउनु भयो ।
बिहार ,मघता खन खनदह मोटरबाटोको बिहारमा शुक्रबार पुलको शिल्यनास गर्दै रायमाझीले हातेका साँघु बरमकोट खनदह सड्कको पुल र बिहारको पुल यसै बर्ष निर्माण सम्पन्न हुने बताउनु भयो । उक्त पुल ३ करोड ६६ लाख १७ हजार ३ सय ९० रुपैयामा टेण्डर भई पुस्पा निर्माण सेबाले काम सुरु गरेको छ । आतेकासाघुँ बरमकोट खनदह पहुँच मार्गको राताटारीमा पुल निर्माणको काम चलिरेहेको छ ।
उक्त सड्क यसै बर्ष कालोपत्रे हुने गरि योजना परेको छ । यस बाटोलाई मालारानी गाउँपालिका खनदह संग सदरमुकाम जोडने पहुँच मार्गको रुपमा गाउँपालिकाबाट सुरुको बर्ष ट्रयाक खोल्ने काम सम्पन्न भएको थियो । भने प्रदेश सरकारकारबाट गत आर्थिक बर्षमा बाटोको स्तर उन्नती गरि ग्राभेल भएको छ । यस आर्थीक बर्षमा कालोपत्रे गर्ने योजना रहेको छ । कार्कीटोला गुरासे खनदह मोटबाटोको कार्कीटोला र टारी आरुखोर गुफा ,खनदह मोटरबाटोको लागी सय खोलामा पक्कीपुलको टेण्डर प्रकाशन हुने चरणमा रहेको छ ।यसले यातायातकोलागी सहज बनाउनुका सार्थै सालझण्डी सन्धिखर्क सड्कलाई जोडन महत्वपूर्ण भुमिका निरबार्ह गर्दछ ।नेता रायमाझीले भने जिल्लामा समझौता अबधिको समय भन्दा अगाडिनै काम सक्ने निर्माण व्यबसायीलाई सम्मान गरिने समेत नेकपाका नेता रायमाझीले बताउनु भयो । गुणस्तरीय काममा समेत ध्यानमा दिई समयमा काम सम्पन्न गर्नेको लागी सम्मान गरिने कार्यको यस बर्षबाट सुरुवात गरिने छ ।
शिलन्यास कार्यक्रममा राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का उज्जवल , प्रदेश सभाका सदस्य चेतनारायण आचार्य , प्रदेश सदस्य रामजीप्रसाद घिमिरे , नेकपा अर्घाखाँचीका सह ईन्चार्ज शुसीला श्रीपाली , नेकपाका सचिब ठाकुर कुमार बि.क किशोर नेपालीकाग्रेसका सभापती बिष्णु खनाल मुस्कान सहितका नेता तथा कार्यक्रता र स्थानीय बासीहरुको उपस्थीत रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन सनपा ११ का वडा अध्यक्ष धुर्ब आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।