श्याम घिमिरे
सन्धिखर्क, मंसिर १ अर्घाखाँची – कल्याणी सेवा नेपाल सन्धिखर्कले दुई महिलाहरुलाई कपडा बितरण गरेको छ । श्रीमानको उपचारको लागी सहयोग रकम उठाउन रुपन्देही जिल्लाको सैनामैना नगरपालीकाबाट सन्धिखर्क आएका दुई महिलाहरुलाई राहत स्वरुप कपडा बितरण गरेको हो । श्रीमान क्यान्सर रोगबाट ग्रसीत भई भरतपुर क्यान्सर अस्पतालमा उपचारार्थ रहेको र आर्थिक अभाबको कारण उपचारगर्न नसकेपछी उनिहरु सहयोग जुटाउदै सन्धिखर्क आएको समयमा कल्याणीले कपडा बितरण गरेको हो ।
जिल्लामा पछिल्लो समय अज्ञात ब्यक्तिहरु गाउँगाउँमा पसेको हल्लाका कारण बास नपाएर अलपत्र परेका ति महिलाहरुलाइ कल्याणी सेवा नेपालले शुक्रबार उद्दार गरि खाना, बास तथा जाडोका कपडाहरु सहयोग गरेको संस्थाकी अध्यक्ष शुसिला बन्जाडेले बताउनु भयो । बुहारीले तिन वटा बच्चालाई अलपत्र छाडेर अन्यन्त्रै गएको र बच्चाहरुको समेत बिचल्ली भएको भनेर उनिहरुले दुखेसो पोखेपछि बच्चाहरुलाई पनि जाडोका कपडा सहयोग गरिएको संस्थाकी सचिव पवित्रा भट्टराईले जानकारी दिनुभयोे । श्रीमान दोनबहादुर घर्तिको उपचारगर्दा आफसंग भएको थोरै सम्पत्ती पनि सकिएपछि आर्थिक संकलन गर्न आएको उहाँहरुको भनाई छ ।
सामाजीक सेबामा समर्पित भावले सन्धिखर्कका क्रियाशिल महिलाहरुको सक्रियतामा २०७५ सालमा स्थापना गरिएको संस्थाले ब्यक्तिगत रुपमा रकम जम्मा गरी बिभिन्न सामाजिक क्षेत्रमा लगानि गर्दे आईरहेको कल्याणी सेबा नेपालकी सहसचिब कमला भन्डारीले बताउनु भयो । संस्थाले जिल्लामा मृगौला पिडित, क्यानसर पिडित, आगलागी पिडित,बाढिपिडित तथा अनाथ बालबालीका लगायत आर्थिकरुपमा बिपन्नलाई सक्दो रकम संकलन गरि सहयोग गर्दे आईरहेको भन्डारीले जानकारी दिनुभयो । कल्याणीले यस बाहेक रचनात्मक काम गर्ने महिलाहरुकालागी अचार बनाउने तालिम लगायत आर्थिक उर्पाजन गर्ने बिभिन्न तालीमहरुपनि सन्चालन गर्दे आईरहेको छ ।