खनदहको कुनाखर्कमा नेकपाको चुनावी सभा सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
कुनाखर्क, अर्घाखाँची । मंसिर १४ को उप निर्वाचनको सन्दर्भमा अर्घाखाँची जिल्लाको  मालारानी-३,खनदहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचार तथा घरदैलो भेटघाट अभियान तीव्र बनेको छ।
यसै क्रममा आज साविक ४ को कुनाखर्कमा भेटघाट तथा कोणसभा सम्पन्न भएकाे छ । काेणसभा सयाै कार्यकताकाे उपस्थिति रहेकाे थियाे ।
राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्काले देशभर भएका उपनिर्वाचनमा नेकपाले विजय झन्डा फराउने बताउनुभयाे । नेकपाकाे िवजयी यात्रामा अर्घाखाँचीकाे मालारानी गाउँपालिका वाड नम्वर ३ काे विजय पनि हिस्सेदार हुने बताउभयाे ।
प्रदेश सभा सदस्य तथा नेकपा अर्घाखाँची अध्यक्ष चेतनारायण आचार्यले वाड,स्थानिय,प्रदेश देखि सघ सम्म नेकपाकाे जालाेले वाडनम्वर ३ काे विकासकाे मुहार फेर्ने गरि काम भईरहेकाे बताउनुभयाे । कम्युनिस्टकाे लाल किल्लाकाे रूपमा रहेकाे मालारानीमा वाड नम्वरकाे ३ मा पुन झन्डा फराउन कार्यकता अातुर रहेकाे वाड अध्यक्षका उम्मदवार यमलाल खनालले बताउनुभयाे ।

अन्य समाचारहरु