श्याम घिमिरे
मंसीर ५ अर्घाखाँची – भूमिकास्थान नगरपालिकाको आयोजनामा नगरको वडानम्वर ४ का उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना कार्यान्वयन सम्बन्धी अभिमुखीकरण तालिम तथा योजना सम्झौता सम्बन्धि कार्यक्रम बिहिबार धारापानीमा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७६।०७७ मा वडाबाट सञ्चालन हुने विभिन्न १४ वटा योजनाहरुका उपभोक्ता समिति र सरोकारवालाबीच योजना सम्झौता र कार्यादेश दिने काम सम्पन्न भएको हो ।
कार्यक्रममा विभिन्न उपभोक्ता समितिहरुलाई योजनामा गर्नुपर्ने कार्यहरुको बारेमा सहजीकरण गर्दे भुमिकास्थान नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारीले सम्झौता अनुसार समयमै काम सम्पन्न गर्न सबै उपभोक्ता समितिहरुलार्ई आग्रह गर्नुभयो । यस्तै भण्डारीले आर्थिक बर्षको अन्तिममा आएर कामगर्ने परीपाटीको अन्त्यगर्न आफुहरु लागी परीरहेको भन्दै सो कार्यमा सहयोग गर्न सम्पुर्ण नगरबासीलाई आग्रह गर्नुभयो । भण्डारीले योजना सम्झौता कार्यमा अहोरात्र खटी सहयोग गर्ने कर्मचारी,जनप्रतिनिधि लगायत सबैलाई धन्यबाद समेत दिनुभयो ।

कार्यक्रममा नगरपालीकाका कार्यक्रम अधिकृत हरिशचन्द्र भुसाल, ईन्जिनियर कुलानन्द बन्जाडे, कम्प्युटर अपरेटर नारायण प्रसाद बन्जाडे, सहायक महिला विकास निरीक्षक शान्ता आचार्य, वडा अध्यक्ष बाबुराम पन्थी सुनार, वडा सचिव राम बहादुर थापा,आईटी अफिसर माधब बन्जाडे, सामाजिक परिचालक हरि बहादुर केसी लगायतले योजनाहरुको बारेमा सहजीकरण गर्नुभएको थियो । यस्तै कार्यक्रममा सेन्चुरी बैंक, शाखा कार्यालय नुवाकोटबाट उक्त योजनाहरुको खाता खोल्ने कार्य समेत सम्पन्न भएको बैंकका कर्मचारी शर्मिला पोख्रेलले बताउनु भयो ।
गत कार्तिक ७ गते वडा नं. ५ को असुरकोट बाट शुरु भएको कार्यक्रम पालिका भित्रका १० वटै वडाहरुमा सम्पन्न भएको कम्प्युटर अपरेटर नारायण प्रसाद बन्जाडेले जानकारी दिनुभयोे । वडामै आएर गरीने यस्ताखाले कार्यक्रमले आफुहरु अत्यन्तै खुसी भएको स्थानिय उपभोक्ताहरुको भनाईरहेको छ ।