मालारानीमा आचार संहिता बिपरित कुनै पनि कार्य नगरेको नेकपाको दावी

नबिन के.सी
मालारानी, अर्घाखाँची । मंसिर १४  गते हुने उपनिर्बाचनमा नेकपाले आचार संहिता बिपरित कुनै पनि कार्य नगरेको नेकपाका नेता तथा राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का उज्वलले बताए । उनले उपनिर्बाचनमा आफनो जित नदेखे पनि अनेक अफहा फैलाएको बताए। नेकपा मालारानी ३ नम्बर वडा कमिटीले आयोजना गरेको कोण सभालाई सम्बोद्धन गदै खड्काले जनताको आफुले गरेका काम लिएर जान नसकेपछि अनेक प्रचारबाजी भएको बताए । ‘ल हेर्नु हामि त्यो रातो पिलेटको गाडि र सबारी गाडि भाडामा लिएर तपाईहरु माझ आएका छाैै ।
उम्मेद्धवार यमलाल खनाल बाईकमानै हिड्नु भएको छ । यसो फेसबुक हेरेको नेपाली कांग्रेसको उपसभापतीले हामिलाई सरकारी स्रोत साधन दुरपयोग गरे भनेको बिज्ञप्ती जस्तो देखे ।
नेकपा जिल्ला अध्यक्ष चेतनारायण आचार्यले मंसिर १४ गते मालारानी गाउँ पालिका वडा नं.३ मा वडा अध्यक्ष पदको निम्ति हुन लागेको निर्वाचन लाई मर्या्दित र निष्पक्ष रुपमा सम्पन्न गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनु भएको छ ।
वडा अध्यक्षको उम्मेद्धवार बनेेेेेका यमलाल खनालले वडा नं ३ को बिकाशका लागी निरन्तर लाग्ने प्रतिबद्धता जनाए । नेकपाका नेता कार्यक्रताको शिर उच्चो राख्ने गरि काम गर्ने बताउँदै जनताको सेबामा निरन्तर लाग्ने बताउनु भयो । वडा नं ३ का कार निर्वाचनमा सरकारी साधन र श्रोतको कुनै प्रयोग नगरेको र नगर्ने समेत नेताहरुको प्रतिबद्धता थियो । उहाँहरुले बिकास र समृद्धिको यात्रा निरन्तर अगाडि बढीरहेको भन्दै चुनाव लाई लक्षित गरेर बिकासका कुनै आश्वासन बाँढ्नुपर्ने जरुरी नभएको जिकिर गरेे ।
यता नेपाली कांग्रेसले अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर ३ मा हुन लागेको उपनिर्वाचनमा नेकपाले आचार संहिता उल्लंघन गरेको र सरकारी स्रोत साधन दुरपयोग गरेको भन्दै नेपाली कांग्रेसकि उपसभापती शान्ता भण्डारीले मुख्य निर्बाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गर्नु भएको छ । उपनिर्बाचनमा सरकारी सबारी साधन दुरपयोग नहोस भन्नको लागी सुरक्षा निकाएले चेकजाचँ कडा पारेको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले जानकारी दिए ।

अन्य समाचारहरु