पुर्व राजा ज्ञानेन्द्र शाहले मंसिरको दोस्रो साता अर्घाखाँचीको भ्रमण गर्ने

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । पुर्व राजा ज्ञानेन्द्र शाहले मंसिरको दोस्रो साता अर्घाखाँची जिल्लाको भ्रमण गर्ने भएका छन् । 
शाहले मंसिरको दोस्रो साता अर्घाखाँची जिल्लाको भ्रमण गर्ने भनेता पनि मिती भने निर्धारित गरिएको छैन् । शाहले अर्घाखाँची जिल्ला लगायत अन्य जिल्लामा पनि भ्रमण गर्ने तालिका रहेकोले केही दिनमा मिती निर्धारित गरिने स्रोतले बतायो ।
भ्रमण तालिका मिलाउन पुर्व राजाका स्वकिय सचिब सागर तिमिल्सिना सहितको टोलीले भ्रमण र शक्ति पिठको दर्शनबारे पुर्व राजा निकटका ब्यक्तिहरुसँग छलफल गरेको छ ।
पुर्व राजाले अर्घाखाँचीको सुपादेउराली मन्दिर, चुत्राबेसीको सिद्देश्वर मन्दिर, अर्घा भगबती मन्दिरको दर्शन गर्ने तालिका रहेको पुर्व राजाका स्वकिय सचिब सागर तिमिल्सिनाले बताए ।   पुर्व राजाको भ्रमणमा को-को सहभागी रहने भन्ने खुलाइएको छैन् । 

अन्य समाचारहरु