डेभामा अत्याधिक मदिरा सेवन गरेका एक जना वृद्धको भिरबाट लडेर मृत्यु

Image result for डेभा, अर्घाखाँची

लक्ष्मण घिमिरे
डेभा, अर्घाखाँची ।  अर्घाखाँची जिल्लाको भुमिकास्थानमा एक जना वृद्धको भिरबाट लडेर ज्यान गएको छ । 
भुमिकास्थान नगरपालिका वडा नम्बर–९, डेभाका जग बहादुर नेपालीको भिरबाट लडेर ज्यान गएको हो । सत्तरी वर्षिय जग बहादुर गत शुक्रवारदेखी बेपत्ता थिए । खोजी गर्दै जाने क्रममा आईतवार दिउँसो उनको स्थानिय सल्लेडाँडाको भिरमा शव भेटिएको थियो ।
स्थानियले अत्याधिक मदिरा सेवन गरेर हिंडेको देखेकाले त्यही कारणले उनी भिरबाट लडेको हुन सक्ने प्रहरीले जनाएको छ ।
शवको अर्घाखाँची जिल्ला अस्पतालमा पोस्टमार्टम पछी परिवारको जिम्मा लगाईएको प्रहरी निरिक्षक प्रकाश खत्रीले जानकारी दिए ।
Image result for डेभा, अर्घाखाँची

अन्य समाचारहरु