मालारानी गाउँपालिका – ३ को वडाअध्यक्ष पदमा नेकपाका उम्मेदवार यमलाल खनालले चुनाव जित्ने; अर्घाखाँची डट्कम सर्वेक्षण

नेपाल कम्युनिस्ट पार्टी नेकपाका उम्मेदवार यमलाल खनाल  र नेपाली कांग्रेसका उम्मेदवार  शोभाखर खनाल

अर्घाखाँचीडट्कम संवाददाता 
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ३ को वडाअध्यक्ष पदको लागि यही मंसिर १४ गते हुन गईरहेको उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी नेकपाले  सजिलै चुनाव जित्ने  अनुमान गरिएको छ । तत्कालिन नेकपा एमाले र माओबादी केन्द्रको पार्टी एकता र साथै जिल्लामा अर्को शक्ति राष्ट्रिय जनमोर्चाले समेत नेकपाका उम्मेदवार यमलाल खनाललाई पुन: सघाउने भएपछि  चुनाव जित्ने लगभग पक्का भएको हो । 
मालारानी गाउँपालिका–३ खनदहमा वडाध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट शोभाखर खनाल, नेकपाबाट यमलाल खनाल र राप्रपाबाट रणबहादुर खनालको उम्मेद्वारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय खनदहले जनाएको छ।
मंसिर महिनाको शुरुवात देखि मंसिर ८ आईतबारसम्म अर्घाखाँची डट्कमले विगत २०७४ असार १४ मा सम्पन्न स्थानिय निर्वाचन र मालारानी वार्ड नम्बर ३ का  विभिन्न गाउँ- गाउँमा गरेको अध्ययन, पूर्वानुमान मत सर्वेक्षण अनुसार  मंसिर १४ गते हुन गईरहेको उपनिर्वाचनमा मालारानी गाउँपालिका वार्ड नम्बर ३ बाट नेकपाका उम्मेदवार यमलाल खनालले प्रतिद्वन्दी कांग्रेसका शोभाखर खनाललाई हराउने छन् । नेकपाका उम्मेदवार यमलाल खनालले ११ सय देखि १२ सय मत लिएर चुनाव जित्ने अनुमान गरिएको छ । पूर्वानुमान मत सर्वेक्षण अनुसार नेकपा प्रति पहिले २०७४ सालको तुलनामा ३ नम्बर वार्डबासी खुशी देखिदैनन् ।
 मालारानी गाउँपालिका वार्ड नम्बर ३ मा कुल मतदाता संख्या ३०११ रहेको छ । यहाँ ७० प्रतिशतसम्म मत खस्ने अनुमान गरिएको छ ।  
प्रदेश र संघको निर्बाचनम उम्मेद्धवारहरुले बिकाश निर्माणमा गरेको प्रतिबद्धता पनि नेकपाले चुनाब जित्ने अर्को आधार हो । मालारानी खनदहको प्रत्येक घरमा खानेपानी धारा पुराउने प्रतिबद्धता कार्यन्वयन चरण आएको छ । खनदहको खानेपानी समस्या समधान गर्नको लागी सोताखोला गिद्धपोखरी लिफट खानेपानी योजना ६ करोडको लागतमा सम्पन्नको चरणमा रहेको छ । त्यसै खजुना खनार खानेपानीको लागी ५० लाख बिनियोजन भएको छ । आर्दश माबिको लागी ७५ लाखको भवन कृषि बालिबिज्ञान सञ्चालनको लागी पूर्बधार तयार स्वरुप खेत किन्ने समेत काम भएको छ । त्यसतै लामो समय देखी सन्धिखर्क च्यानडाडाँ खन खनदह मोटरबोट स्तरउन्नतीको लागी ६ करोड रकम बिनियोजन , उक्त सड्कको खन बजार क्षेत्र ग्राबेल र खनद पिचके लागी सूचना प्रकाशन , खनदह जोड्ने बिभिन्न बाटाका ४ वटा पक्की पूल निर्माणधीन , हातेसाघु बरम्कोट खनदह सड्क पिचको लागी ठेक्का समझौता भई काम अगाडि बढ्नु ।  ढुगाडे ,लापोखरा ,कुनाखर्क सडक स्तर उन्नती जस्ता काममा १५ करोड भन्दा बढिका योजना दुई बर्षको अबधीमा सम्पन्नको चरणमा हुनुलाई पनि मुख्य आधार लिन सकिन्छ । त्यसले रिडि सुर्खेत सड्कको खनदह क्षेत्रमा महत्पूर्ण कामहुनु , मालारानी ३ का पर्यटकीय स्थल मालारानी मन्दिरमा लगभग १ करोडको पूर्बधार बिकाश र दारेढुगाको पर्यटकीय डिपिआर तयार हुनु आदि बिकाशका नारा नेकपाले अगाडि लगेको छ । 
यता नेपाली काग्रेसलाई बिकाशको कुरा लिएर जान समस्या रहेको छ । ५ नम्बर प्रदेश सभामा नेपाली काग्रेसको तर्फबाट उम्मेद्धवार बन्नु भएकी निर्मला क्षेत्रीले प्रदेश सांसदले ६० लाख बराबरको योजना बिनियोजन गर्न पाउने व्यबस्था रहेको छ । जस्मा मालारानी गाउँपालिका वडा नं ४ खनमा रहेको एक बिद्यालयमा २० लाख , शहिद भेषबहादुर क्षेत्री प्रतिष्ठान निर्माणका लागी ३० लाख र धन्चौर स्वास्थ्य चौकिलाई रु १० लाख बिनियोजन गरेको स्रोतको दाबी रहेको छ । नेपाली काग्रेसबाट प्रतिनिधी सभामा पुष्पा भुसाल र मानबहादुर बिश्वकर्मा भएपनि जिल्लामा कुनै बिकाशका योजना नहुँदा काग्रेसलाई बिकाशको नारा लिएर जान मतदाता माझ जान सकेको छैन । खनदहमा निरकंकुस भयो योजनामा अनियमितता भयो , भष्टचार भयो भन्ने नारा लिएर मत माग्न गएको छ । अनिमियतता कुन योजनामा भयो भन्ने भन्दा पनि सम्रग भयो भन्ने आरोप रहेको छ ।
२०७४ मा मालारानी गाउँपालिका वार्ड नम्बर ३ मा नेकपा एमालेका अध्यक्ष जीवन चौहान सहितको  प्यानल विजयी भएको थियो । चौहानले १००४ मत ल्याई प्यानल विजयी भएका थिए । माओबादी केन्द्र र कांग्रेस गठबन्दनका शोभाखर खनालले ९६८ मत ल्याएका थिए । २०७४ सालको स्थानिय निर्वाचनमा मालारानी गाउँपालिकाको कुल मतदाता संख्या १८,६९० मा १३,६९१  – ७३।२६%  मत खसेको थियो ।  प्रदेश र प्रतिनिधी सभा निर्बाचन २०७४ मा समानुपातीकमा नेकपा ५ सय ७१ मत अगाडि  छ ।  
तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका वडाअध्यक्ष जीवन चौहान २०७४ को मंसिरमा रुपन्देहीको सैनामैना नगरपालिकामा पर्ने रानीबगियामा सडक दुर्घटनामा परेका थिए । सडक दुर्घटनामा परी गम्भीर घाइते भएका चौहानको चितवन मेडिकल कलेजमा उपचारका क्रममा पुस महिनामा निधन भएको थियो ।  मालारानीको अध्यक्ष, उपाध्यक्ष लगायत सबै वडा अध्यक्ष तत्कालिन नेकपा एमालेबाट निर्वाचित छन् । 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सर्वसहमत सिफारिस गरेका यमलाल खनाल तत्कालिन एमालेका पुर्व जिल्ला कमिटी सदस्य तथा हाल नेकपा मालारानीको पालिका कमिटी सदस्य छन् र खनदह बजारमा मेडिकल स्टोरका संचालक पनी हुन् । गएको २०७४ मा भएको निर्वाचनमा यमलालले टिकट पएका थिएनन् । यता कांग्रेसले सर्वसहमत छनौट गरेको उम्मेद्वार शोभाखर खनाल खनदहका पुर्व गाविस सभापती र हाल मालारानी गाँउपालिका संयोजक हुन् । खनदह बजारमा उनको किराना पसल पनी छ । स्थायी शिक्षक पेशा त्यागेर राजनिती थालेका शोभाखर गएको २०७४ को निर्वाचनमा पनी कांग्रेसका तर्फबाट उम्मेद्वार थिए । उनी तत्कालिक वडा अध्यक्ष दिवंगत जिवन चौहानसंग ३६ मतले पराजित भएका थिए । 
अर्घाखाँची जिल्लामा २०७४ असारमा सम्पन्न निर्वाचनमा ६ स्थानीय तहमध्ये नेपाली कांग्रेसले चार तह जितेको थियो । 
सन्धिखर्क नगरपालिका, सितगंगा नगरपालिका, छत्रदेव गाउँपालिका र पाणिनी गाउँपालिकासहित २५ वडामा जित हासिल गर्दै कांग्रेस अर्घाखाँची जिल्लामा पहिलो पार्टी भएको थियो । 
कांग्रेसबाट सन्धिखर्क नगरपालिका प्रमुखमा कमलप्रसाद भुसाल, सितगंगा नगरपालिका प्रमुखमा सुर्यप्रसाद अधिकारी, भुमिकास्थान नगरपालिका उपप्रमुखमा खडानन्द बेल्वासे, छत्रदेव गाउँपालिका अध्यक्षमा लेखनाथ पोख्रेल, उपाध्यक्षमा तुल्सादेवी श्रेष्ठ र पाणिनी गाउँपालिका अध्यक्षमा अच्युत गौतम विजयी भएका थिए ।
अर्घाखाँचीमा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेर चुनाव लडेका थिए । माओवादी केन्द्रले भूमिकास्थान नगरपालिका प्रमुख तथा सन्धिखर्क र सितगंगा नगरपालिकाको उपप्रमुख जितेको थियो ।
माओवादी केन्द्रबाट भुमिकास्थान नगरपालिका प्रमुखमा रेशम थापा, सन्धिखर्क नगरपालिका उपप्रमुखमा ठाकुरकुमार विक र सितगंगा नगरपालिका उपप्रमुखमा टिका रेश्मी विजयी भएका थिए । माओवादीले ७ वटा वडामा पनि जित हासिल गरेको थियो ।
नेकपा एमाले एक गाउँपालिकाको अध्यक्ष र २ गाउँपालिकाको उपाध्यक्ष जितेको थियो । एमालेबाट मालारानी गाउँपालिकाको अध्यक्षमा बालकृष्ण आचार्य, उपाध्यक्षमा प्रमिला क्षेत्री, पाणिनी गाउँपालिकाको उपाध्यक्षमा लक्ष्मी गौतम विजयी भएका थिए । एमालेले २५ वटा वडामा र राष्ट्रिय जनमोर्चाले ४ वडामा जित हासिल गरेका थिए ।

अन्य समाचारहरु