सुर्य भुसाल
सन्धिखर्क । नेपाल सरकार ५नं. प्रदेश सभासदस्य रामजी प्रसाद घिमिरेले हिंसा मुक्त समाज निर्माण गर्न सके सबैकाे प्रतिष्ठा बड्ने बताउनु भयाे ।
सन्धिखर्क नगरपालिका ले अायाेजना गरेकाे लैङ्गिक हिंसा विरूद्धकाे १६ दिने अभियानकाे शुभारम्भ कार्यक्रम मा बाेल्दै घिमिरेले उच्च संस्कार भएको समाजमा हिंसा नभेटिने बताउँदै लिङ्गकाे अाधारका गरिने हिंसाकाे अन्त्यकाे लागि पछाैटे पनकाे समाज बदल्नु पर्ने बताउनु भयाे ।
कार्यक्रममा ५ नं.प्रदेश सदस्य निर्मला क्षेत्रीले प्रत्येक वर्ष मनाईने याे दिवसले केकस्ता सुधारका कार्यहरू गर्याे समिक्षाहुनु पर्ने बताउँदै राम्रो कामकाे अनुसरण गर्दै बिकृती बिसंगतीका बिरूद्ध पार्टी भन्दा माथी उठेर काम गर्न अाग्रह गर्नु भयाे।
सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसालकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा उप प्रमुख ठाकुर कुमार बि क (किशाेर) जिल्ला न्यायाधीवक्ता हरि प्रसाद घिमिरे ,प्रहरी निरिक्षक प्रकाश खत्री ,जेष्ठ नागरिक समाज अध्यक्ष निम बहादुर रिजाल , ३ नं वडा अध्यक्ष लिलाराम गाैतम , ४ नंका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ ,अन्तरपार्टि महिला सचिव शुशिला गैरे , जनमाेर्चा सम्वद्ध अनेमसंघ सकुन्तला राना , सेफ हाउस कि शुष्मा श्रेष्ठ , सक्षम परियाेजनाका लेखनाथ अाचार्य ,सुहारा संस्थाकि कामना प्रधान ,दलित महिला संघ कि राधा नेपाली ,युन एफ पि ए प्रमुख सुजाता सुब्बा ,ईन्सेक प्रतिनिधि नारायण भुसाल ,शन्देश सहयाेग समुहका कृष्ण परियार ,एकल महिला सन्जाल केन्द्रीय सदस्य खगिश्वरा बस्याल लगायतले कार्यक्रमका बिषयमा सम्छिप्त भनाइहरू राख्नु भएको थियाे ।
कार्यक्रममा उपस्थिति भेलाले मंसिर ९ गते देखि २४ गते सम्म बिभिन्न कार्यक्रम गरि दिवस मनाउन जिल्ला स्थित संस्थाहरूकाे जिम्मेवारी सहित प्रत्येक दिनकाे कार्यक्रम घाेषणा गरेकाे छ । महिला तथा बालबालिका जेष्ठ नागरिक शाखा पुष्पा भुसालकाे सन्चालनमा सम्पन्न कार्यक्रम काे स्वागत प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालिले गर्नु भएको थियाे ।