सन्धिखर्कमा निबृत्त राष्ट्र सेवक समाज अर्घाखाँचीको भेला सम्पन्न

शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची मंसिर १० । निबृत्त राष्ट्र सेवक समाज अर्घाखाँचीको भेला सम्पन्न भएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै समाजका केन्द्रीय सह अध्यक्ष पिताम्बर वन्जाडेले सेवानिबृत्त राष्ट्र सेवकहरुको सीप र क्षमता लाई सरकारले सदुपयोग गर्न नसकेको बताउनुभयो । बिकास र समृद्धि को निम्ति सेवानिबृत्त राष्ट्रसेवकहरु हर किसिमको सहयोग गर्न तत्पर रहेको उहाँको भनाइ थियो । 
निबृत्त राष्ट्र सेवक समाजका जिल्ला अध्यक्ष विष्णुप्रसाद भुसालको अध्यक्षता र सचिब कमल प्रसाद घिमिरेको संचालनमा सम्पन्न कार्यक्रममा केन्द्रीय महासचिवमा बिष्णु प्रसाद बस्याल , केन्द्रीय सदस्य विष्णुप्रसाद आचार्य,केन्द्रीय प्रतिनिधि पुष्पा न्यौपाने ,चुरामणी भुसाल ,सामाजिक अभियान्ताहरु कुलचन्द्र मरासिनी ,बावुराम आचार्य,मुकुन्दराज आचार्य,धर्मराज बन्जाडे,कृष्ण चन्द्र पन्थी ,निबृत्त राष्ट्र सेवक समाजका कोषाध्यक्ष कमल पोख्रेल , सन्धिखर्क नगर समितिका अध्यक्ष सुर्य भुसाल ,टामलाल पाण्डे लगायतका बक्ताहरुले मन्तव्य राख्दै राष्ट्र सेबकको क्षमता लाई सदुपयोग गरेर अघि बढ्न सरकारको ध्यानाकर्षण गराउनु भयो । 
भेलाले थिङ ट्याङ्ग निर्माण गर्ने,पुस्तकालय संचालन गर्ने लगायतका निर्णय गरेको छ ।

अन्य समाचारहरु