मालारानीकाे उप-निर्वाचनमा कस्ले मार्ला बाजी, आज चुनाव प्रचारप्रसारको अन्तिम दिन

हिम लेकाली 
मालारानी ,११ मंसिर ।  मालारानीकाे निर्वाचन नजिकिदै गर्दा चुनावी चहल पहल बढेकाे छ ।
राजनितिक दल तथा उम्मेदवारहरू अहिले मत माग्न जनताकाे घर दैलाेमा ब्यस्त छन् । २ वर्ष अघि दुर्घटनामा परि  नेकपाका नेता,वडा अध्यक्ष  जिवनकुमार  चा‌ैहानकाे मृत्युु भए पछि मालारानी ३ मा उप निर्वाचन हुन लागेकाे हाे ।  निर्वाचनमा अध्यक्ष पदका लागि  नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट यमलाल खनाल ,नेपाली काँग्रेसबाट शाेभाखर खनाल  र राप्रपा बाट रण बहादुर खनालले उम्मेदवारी दियका छन् ।
 मंसिर १४ गते सम्पन्न हुने निर्वाचनका लागि माैन अवधि अाज मध्य रात देखि सुरू हुँदै छ ।त्यसैले राजनितिक दलहरू अन्तिम चरणकाे प्रसार प्रसारमा जुटेका छन् ।उनीहरूले जनताकाे अाँगनमा पुगेर अाफुले गरेका काम र भावियाेजना बारे प्रकाश पार्दै जनताकाे पक्षमा काम गर्ने प्रतिबद्धता हरू ब्यक्त गरेका छन् ।
नेकपाले लामाे पार्टी ईतिहास बाेकेका , स्वच्छ छवि भएका युवा नेता यमलाल खनाललाई उम्मेदवारी बनायकाे छ ।यसै बिच नेकपाका केन्द्रीय नेता  टाेप बहादुर रायमाझी ,चन्द्र बहादुर खड्का  ,चेतनारायण अाचार्य ,रामजि प्रसाद घिमिरे ,जालपा भुसाल लगायतका  जिल्ला तथा स्थानीय नेताहरू गाउँमै जनता विचमा दैनिक  काेणसभा ,घर दैलाे कार्यक्रम मा ब्यस्त हुनु हुन्छ ।नेपाल सरकार ५ नं. प्रदेश सदस्य तथा नेकपा जिल्ला अध्यक्ष चेतनारायण अाचार्यले मालारानिकाे विकासकाे निम्ति पार्टीले निरन्तर काम गरेकाे बताउनु भयाे ।उहाँले  मतदाताहरूलाई नेपाली काँग्रेसले प्रचार गरेकाे झुटकुराहरूकाे पछि नलाग्न अाग्रह गर्नु भएको  छ ।  काँग्रेसीहरू  कम्युनिस्टहरूकाे एकता र बल देखे पछि अात्तीयर अाचार संहिता उल्ङ्घनकाे अाराेप लगायकाे उहाँले बताउनु भयाे ।
यसै बिच नेपाली काँग्रेसले पनि गाउँमा अाफ्नाे उपस्थिति तिब्र पारेकाे छ  । केन्द्रीय तथा जिल्ला तहका नेता गाउँमा केन्द्रीत हुनु भएको छ । नेपाली  काँग्रेस जिल्ला अध्यक्ष बिष्णु मुस्कानले अाफ्नाे उम्मेदवार जनप्रेमि  भएकाे कारण अाफुहरूले चुनाव जित्ने दावी गर्नुभएको  छ ।
बिगत २०७४ काे निर्वाचनमा तात्कालिन नेकपा माअाेवादि र नेपाली काँग्रेस काे गठवन्धनका उम्मेदवार शाेभाखर खनाललाई हराउँदै तत्कालीन नेकपा एमालेका उम्मेदवार जीवन कुमार चाैहानले वडा अध्यक्ष पदमा निर्वाचीत हुनु भएको  थियाे ।अहिले दुई पार्टीको  एकता भए पछि  र राष्ट्रिय जनमाेर्चाले नेकपा का उम्मेदवार लाई समर्थन गरेकाे कारणले पनि भारि मतले यमलाल खनालले चुनाव जित्ने  राजमाे मालारानी अध्यक्ष नरबहादुर खनाल (हरि नेपाली) ले बताउनु भयाे  ।
उक्त निर्वाचन क्षेत्रमा २ वटा मतदान केन्द्र रहेका छन्  । 
जस्मा पहिलाे मतदान केन्द्र अादर्श मा.वि. खनदह मा रहेकाे छ भने दाेश्राे  केन्द्र सुन्दरा अाधारभुत बिद्यालय  सावडाँडा मा रहेकाे छ  ।पहिलाे केन्द्र मा मतदाता संख्या १६२० र दाेश्राे केन्द्र मा १३९१ गरि जम्मा मतदाता संख्या ३०११ रहेकाे निर्वाचन कार्यालयले जनायकाे छ ।   

अन्य समाचारहरु