नरपानी बस दुर्घटना प्रति नेकपा अध्यक्ष आचार्यद्वारा दु:व्यक्त

अर्घाखाँचीडट्कम संवादाता
नरपानी । नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले अर्घाखाँचीको नरपानीमा भएको सवारी दुर्घटना प्रति गहिरो दु:ख व्यक्त गर्नु भएको छ । उहाँले एक प्रेस वक्तव्य जारी गर्दै दुर्घटनामा परि निधन हुनेहरु प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन प्रती समवेदना प्रकट गर्नुभएको छ । 
साथै उहाँले घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रभावकारी र नि:शुल्क उपचारको निम्ति जति सक्दो छिटो सुबिधा सम्पन्न अस्पतालमा पुर्‍याउन  सबै पक्षको ध्यानाकर्षण समेत गराउनु भयो । 
प्रदेश सभाका सदस्य समेत रहनुभएका आचार्यले जिल्लामा पटक पटक सवारी दुर्घटना हुने गरेको प्रती चिन्ता प्रकट गर्दै दुर्घटना हुनुको कारण पत्ता लगाई न्युनिकरणको निम्ति चनाखो बन्न सबैपक्ष लाई आग्रह गर्नु भएको छ।
उहाँले घुम्ती देखि नरपानि सम्मको बाटोमा पटक दुर्घटना हुने गरेकोले सडक डबल कटिङको काम तत्काल पुरागरी सडक छेउमा बार लगाउन समेत  आग्रह गर्नु भएको छ । 
बुधबार गोरुसिङ्गे सन्धिखर्क सडक खण्डको सन्धिखर्क ६ नरपानीमा लु.२ ख २१४८ नम्बरको बस दुर्घटना हुँदा ११ पुरुष,६ महिला ,१ बालक,१ बालिका  समेत १९ जनाको ज्यान गएको छ । दुर्घटनामा १८ जना यात्रु घाइते भएका छन् । सन्धिखर्क बाट दिउँसो १:३० बजे बुटवलका लागि छुटेको  बस करीब पौने ४ बजे सडक बाट खसेको थियो ।

अन्य समाचारहरु