अर्घाखाँचीडट्कम संवाददाता
अर्घा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको अर्घाको हिलेबाट सन्धिखर्क जादै गरेको जीप कुजेरी पानीमा दुर्घटना भएको छ ।
दुर्घट्नामा चालक सहित ७ जना यात्रु सामान्य घाइते भएका छन् । लु १ ज १७०८ नम्बरकाे जीप हिलेबाट ७:३० सन्धिखर्कको लागि छुटेको थियो । यात्रु रेम कला आचार्यले जानकारी दिए अनुसार सबैको अवस्था सामान्य छ ।
जीपली ६ जना सवारी बोकेको थियो । गाडीको ब्रेक फेल हुँदादुर्घटना भएको चालकले बताएका छन् ।