नरपानी बस दुर्घट्ना छानबिन गर्न ९ सदस्यीय समिती गठन, अब सबारी चालकलाई परिचय कार्ड अनिबार्य, चल्न मिल्ने सबै गाडी ढोरपाटन सडक प्रयोग गर्नुपर्ने (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको नरपानीमा बुधवार भएको यात्रु वाहक बस दुर्घटनाको कारण समस्या , समाधान पत्ता लगाउन ९ सदस्यीय छानबिन समिती गठन गरिएको छ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा आज बसेको नरपानी दुर्घटना छलफल र समीक्षा बैठकले सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासेको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिती गठन गर्ने निर्णय गरेको हो । 
छानबिन समितीमा संयोजकमा सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासे, सन्धिखर्क नगरपालिका, जिल्ला ट्राफिक कार्यालय,  जिल्ला सरकारी वकिल कार्यालय, डिभिजन सडक कार्यालय सिबपुर, सन्धिखर्क नगरपालिका ६ वडा अध्यक्ष, पश्चिम नेपाल यातायात प्रा. लि., देउराली यातायात प्रा. लि., र नेपाल पत्रकार महासंघ रहेका छन् । 
छानबिन समितीले नरपानीमा बस दुर्घटनाको कारणको प्रतिवेदन १५ दिन भित्रमा बुझाउनु पर्नेछ ।
यस्तै सर्व पक्षिय बैठकले सबारी चालकलाई परिचय कार्डको अनिबार्य ब्यबस्था गर्नुपर्ने, साना कार बाहेक सबै गाडी चल्न मिल्ने ढोरपाटन बाटो बनेकोले त्यो सडकबाट पनि सबारी साधन चलाउन अनुरोध गर्ने र  दिबंगत प्रती श्रद्धाञ्जली र घाइतेको शिघ्र स्वास्थ्य लाभको कामनाको निम्ति शान्तिबगैंचामा १३ औं पुन्यतिथिमा दिप प्रज्जलित गर्ने लगायतका विषयमा निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको अध्यक्षता प्रदेश सासद रामजी प्रसाद घिमिरेको प्रमुख अतिथ्यता जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर सर्मा सन्धिखर्क नगरप्रमुख कमल प्रसाद भुसाल उपप्रमुख ठाकुर कुमार बिकको उपस्थितिमा छलफल चलेको थियो । 
यस्तै छलफलमा जिल्ला स्थित सबै राजनीति दलका नेता तथा प्रतिनिधिहरु सुरक्षा निकाएका प्रमुखहरु यातायात ब्यबसायीहरु जनप्रतिनिधिहरु उधोग बाणिज्य सघ चेम्बर अफ कमर्सका प्रतिनिधि सबारी धनि सन्चारक्रर्मी नागरिक समाजका अगुवा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । 
छलफलमा सहायक प्रजिअ बिस्नु राज बेल्बासेले दुर्घटना न्युनिकरण सम्बधि कार्यपत्र प्रस्तुत गर्नु भएको छ । छलफलमा सरोकारवालाहरुले दुर्घटना न्युनिकरण गर्न सकिने उपाए दिर्घकालिन समधान यसबाट परेको असरका बिषयमा भनाई सुझाब राखेका थिए । मुख्य गरि दुर्घटना हुनुको प्रमुख कारण गाडीहरुले सडक क्षमता भन्दा ओभरलोड बोक्नु नै प्रमुख कारण भएको, सबारी चालकले सबारी चलाउदा मोबाइलको प्रयोग गर्नु, ट्राफिक प्रहरीलाई साधन स्रोत प्राय्त नहुनु, ठाउँ ठाउँमा ब्रेकर नराख्नु, सबारी चालकलाई अनिवार्य परिचयपत्र लगाउन नलगाउनु, दुर्घटना भएपछि के कारणले दुर्घटना भएको हो भन्ने बारे जाचबुझ समिति गठन नगर्नु जस्ता कुराले बढि दुर्घटना भएको कारण अब यस्ता कुराहरुलाई कडाईका साथ लागु गर्नु पर्ने सरोकारवालाहरुले माग गरेका थिए । 
बैठकमा सासद रामजि प्रसाद घिमिरे समन्वय प्रमुख पिताम्बर सर्मा नगरप्रमुख कमल प्रसाद भुसाल उपप्रमुख ठाकुर कुमार बिक लगायत दलका नेताहरु उधोगी ब्यापारी सन्चारक्रर्मी नागरिक समाजका अगुवाहरुले भनाई राखेका थिए ।  
सर्बपक्षिय बैठकले गरेका निर्णय यसप्रकार छन्: 
१) शोक प्रकट , घाइतेको उपचार , स्वास्थ्यलाभको कामना ।
२) यहि मार्ग २३ गते साझ तेर्हौ दिन दुखद निधन भयका ब्यक्तिको सम्झनामा दिबङ्गत आत्माको शान्तिका लागि सान्ती बगैचामा दिप ज्वलन गर्ने।
३) दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिती गठन, प्रतिबेदन बुझाउन १५ दिनको समय निर्धारण ।
४) यातायात सुधार र दुर्घटना न्यूनीकरण गर्न सुझाब समिती गठन ।
५) सबै यातायात समिति प्रा.लि. बाट १५ दिन भित्र चालक सहचालकलाई तालिम सन्चालन गरीने।
६) सिघ्र सडक स्तरोन्नति र सुधारको लागि सम्बन्धित निकायमा तत्काल पत्राचार गर्ने ।
७) सडक दुर्घटना न्यूनीकरण जनचेतनामुलक कार्यक्रम सन्चालन गर्ने।
८) मौजुदा नीति नियमको प्रभावकारी पालना गर्न गराउन शसक्त ढङ्गले परीचालित हुने।
९) सडकको भार बहन क्षमता अनुसार मात्र मालबाहक गाडीलाई रुट प्रमिट दिन यातायात कार्यालय लाई अनुरोध गर्ने।
१०) वैकल्पिक बाटोको प्रयोग गर्ने ।
११) बिबिध….
   
नरपानीमा २०७६ म‌सिर १२ गते बुधवार भएको यात्रु वाहक बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १९ पुगेको छ । भने १८ जना घाइते भएका छन् । सन्धिखर्कबाट दिउसो १ः३० बजे बुटवलका लागि छुटेको पश्चिम नेपाल बस व्यबसायि प्रालीको लु.२ ख २१४८ नम्बरको यात्रुबाहक बस सन्धिखर्क –६ नरपानी स्थित रातामाटाको भिरमा दिउसो ३ : ५५ बजेको समयमा दुर्घटनामा परेको थियो ।
मृत्यु हुनेहरुमा:
१) शिवलाल भट्टराई,  वर्ष ५६ सन्धिखर्क नगरपालिका –  ७ डिहिडाँडा  
२) माया पुरी, वर्ष २२ सन्धिखर्क नगरपालिका –  ७ डिहिडाँडा  
३) शोभाखर पोख्रेल, ३ महिनाको बालक कपिलबस्तु बाणगंगा नगरपालिका – ७ वनगाई
४) बलराम भट्टराई, वर्ष ५४ सन्धिखर्क नगरपालिका –  ७ डिहिडाँडा  
५) सिता बस्नेत,  २७ वर्षिया, शितगंगा २ घर भइ हाल कपिलबस्तु बाणगंगा नगरपालिका – ८ चप्परगाउँ कपिलवस्तु
६) शैलेस थापा, वर्ष २२ भूमिकास्थान नगरपालिका वार्ड नम्बर ९  , ठुला डेभा  ( प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारको क्रममा मृत्यु भएको )
७) छवीलाल गैरे, वर्ष ५४  भूमिकास्थान नगरपालिका – १० 
८) वसन्त भन्ने ओम बहादुर थापा (चालक), ३२ वर्ष  गुल्मी मदने गाउँपालिका – २, हाल भैरहवा गैंडहा ७ बस्ने 
९) सन्त बहादुर बस्नेत (सन्तोष ब.बस्नेत), (सवारी धनी ) वर्ष ३८ शितगंगा नगरपालिका वार्ड नं. २ (चौराहा हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको )
१०) मोनिका खड्का, ९ वर्षिया, सन्धिखर्क नगरपालिका –  ७ खाचिकोट काउले  
११) राज कुमार महत, वर्ष २७  (सशस्त्र प्रहरी जवान/स.प्र.बल २७ नं. गणरुपन्देहीमा कार्यरत भलिबलका राष्ट्रिय खेलाडी)  गुल्मी धुर्कोट गा.पा.२   पलधारा साबिक ३बन्ज्याङ   
१२) सिता कुमारी सार्की नेपाली वर्ष ५९ सन्धिखर्क नगरपालिका २ 
१३) सिता घिमिरे  वर्ष ५० भूमिकास्थान नगरपालिका ९  
१४)  बिष्णुमाया गैरे   वर्ष ५० भूमिकास्थान नगरपालिका ९  
१५) मैघनाथ जैसी भण्डारी   वर्ष ५१ भूमिकास्थान नगरपालिका ७
१६) मन्जु बिक वर्ष १५ , शितगंगा नगरपालिका वार्ड नम्बर १ 
१७) कृष्ण बहादुर सुनार वर्ष ४२, छत्रदेव गाउँपालिका – ८
१८) लोक बहादुर दर्जी वर्ष ४८, शितगंगा नगरपालिका वार्ड नम्बर ७ कल्लेरी  
१९) हरी बहादुर दर्जी वर्ष ५५, शितगंगा नगरपालिका वार्ड नम्बर ७ कल्लेरी 
 घाईते हुने र उनिहरुको अवस्था:-
चौराहा हस्पिटल बुटवलमा उपचारार्थ घाईतेहरू :
१) विष्णु बहादुर अधिकारी, वर्ष ४२, सन्धिखर्क नगरपालिका – ५ वाङला   अनुहार र ढाडमा चोट, अवस्था सामान्य ।
२) नन्द बहादुर बि.क,   वर्ष ६०/६५ सन्धिखर्क नगरपालिका, अनुहार र टाउकोमा चोट, अवस्था – मध्यम ।
३) रिजन कुँवर, वर्ष ३ सन्धिखर्क नगरपालिका – ६  खुट्टा र टाउकोमा चोट, अवस्था – मध्यम ।
४) गणेश पुरी, वर्ष १ शितगंगा नगरपालिका वार्ड  नं.६ खाँचीकोट – टाउकोमा चोट, अवस्था- मध्यम ।
५) सपना कुँवर, वर्ष २३ सन्धिखर्क नगरपालिका –  ६  गर्धन र टाउकोमा चोट, अवस्था- मध्यम ।
६) नाम थर वतन नखुलेकि अं.वर्ष २४/२५ कि टाउकोमा चोट, अवस्था – सिरियस ।
भैरहवा मेडिकल कलेजमा उपचारार्थ घाईतेहरु:-
१) कृष्ण बि.क. वर्ष ४१,  पाणिनी गाउँपालिका वार्ड नं.७  चिउडो र ढाडमा चोट- अवस्था – सिरियस ।
२) विष्णु बि.क., वर्ष ३५  पाणिनी गाउँपालिका वडा नं.७  दाहिने खुट्टा भाचिएको, दाहिने गालामा चोट, अवस्था – सिरियस ।
३) जिवन बि.क., वर्ष २५, भूमिकास्थान नगरपालिका वार्ड नम्बर ९ डेभा अवस्था- समान्य ।
४) हुम बहादुर अधिकारी, वर्ष ३७ सन्धिखर्क नगरपालिका – ५ वाङला  ढाडमा र वाया गालामा चोट, अवस्था- मध्ययम ।
५) कमल मुखिया, वर्ष ३२ सन्धिखर्क नगरपालिका – ८  अवस्था- सिरियस ।
६) सरस्वती भट्टराई, वर्ष २३  सन्धिखर्क नगरपालिका – ४  दाया खुट्टा फ्याक्चर, टाउकोमा चोट, अवस्था-मध्यम ।
७) अंकीत थापा, वर्ष १५, सन्धिखर्क नगरपालिका – ४  टाउकोमा चोट, अवस्था- मध्यम ।
८) स्पर्ष पोखरेल, ३ वर्ष,  कपिलवस्तु बाणगंगा नगरपालिका  – टाउकोमा चोट, अवस्था- मध्यम ।
९) विमला पोखरेल,  वर्ष २४ कपिलवस्तु बाणगंगा नगरपालिका   ढाड र कानमा चोट, अवस्था – मध्यम ।( स्पर्षको आमा)
बि.एण्ड.वि.हस्पिटल काठमाण्डौ
१)  प्रशान्त सुबेदी, बर्ष ३३  दाङ राप्ति गा.पा.९  टाउकोमा चोट, अबस्था- सिरियस, लुम्बिनी सि.टी.हस्पिटल रुपन्देहीबाट बि.एण्ड बि.हस्पिटल काठमाण्डौ रिफर गरेकोले लु२च ६७४ नम्बरको एम्बुलेसमा काठमाण्डौ पठाईएको ।
अन्य घाईते
१. एन्जल भट्टराई,  वर्ष ३ सन्धिखर्क नगरपालिका – १  टाउकोमा चोट, अवस्था- मध्यम, निजको मामा घरको हजुरबुवा सन्धिखर्क नगरपालिका – २ चुत्रावेशी बस्ने वर्ष ४७ को बाबुराम पौडेलले बुझि लगेको ।
२. लोकनाथ पाण्डे, वर्ष १९  छत्रदेव गाउँपालिका वडा नं. ७  हातमा चोट, अवस्था- सामान्य । (डिस्चार्ज चौराहा हस्पिटल बुटवलबाट)

अन्य समाचारहरु