नरपानी बस दुर्घट्नामा भाग्यले बाँचेका यी तीन बच्चाहरू, एकले त आमा नै गुमाएपछि

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  नरपानीमा भएको बस दुर्घटनामा यो समाचार तयार पार्दा सम्म मृत्यु हुनेको संख्या १९ पुगेको छ ।  सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस सन्धीखर्क नगरपालिका नरपानीमा दुर्घटना भएको थियो । नरपानीमा भएको बस दुर्घटना तीव्र गतिका कारण भएको घाईतेहरुले बताएका छन् । दुर्घटनामा परि घाईते भएकाहरुको रुपन्देहीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
चौराह अस्पतालमा ९ जनाको उपचार भइरहेको छ । क्रिमशन अस्पतालमा २ जना र भैरहवा मेडिकल कलेजमा ४ जनाको उपचार भइरहेको प्रहरीले बताएको छ । चौराह अस्पतालमा उपचारर्थ ९ जना मध्ये ३ जना नाबालक छन् ।
३ नाबालक जो दुर्घटनाबाट बचे, एकले आमा गुमाए
अर्घाखाँची सन्धीखर्क नगरपालिका–७ का साढे २ वर्षीय रिजन कुँवर चौराह अस्पतालको आकस्मिक कक्षमा छन् । उनको टाउकोमा चोट लागेको छ । आमा सपना कुँवर पनि घाइते अवस्थामा छिन । उनको पनि टाउकोमा चोट लागेको छ । चौराह अस्पतालको आकस्मिक कक्षमा आमा सपना र २ वर्षीय छोरा रिजन एउटै बेडमा उपचार गरिरहेका छन् । आमा छोराको हेराहेर हुन्छ तर दुवै राम्रोसँग बोल्न सक्ने अवस्थामा छैनन् ।
चौराह अस्पतालमा कपिलबस्तु कोईली बनगाईका ३ वर्षीय स्पर्श पोखरेलको पनि उपचार भइरहेको छ । उनको पनि टाउको चोट लागेको छ । आमा विमला पोखरेल पनि घाईते अवस्थामा छिन् ।उनको मेडिकल कलेजमा उपचार भइरहेको छ । विमलाका कान्छो ३ महिनाको छोरा शोभाखर पोखरेल अहिलेसम्म बेपत्ता छन् ।
त्यसैगरी सन्धिर्खक नगरपालिका–७ खाँचीकोटका १ वर्षीय गणेश पुरी पनि घाईते अवस्थामा अहिले चौराह अस्पतालमा उपचार भइरहेको छ। उनकी आमा माया पुरीको भने घटनास्थलमै मृत्यु भएको बताइएको छ । अधिकांश दुर्घटनामा बच्चाहरु घाईते हुने गरेको भेटिन्छ । अर्घाखाँचीको यो दुर्घटनामा पनि भाग्यले यी तीन बालबालिको ज्यान बचेको छ । सवै बच्चाहरुको टाउको र हातमा चोट लागेको छ ।
दुर्घटनामा घाइते भएकी ४ वर्षिय अञ्जना पौडेल भण्डारी जो हिँजो मम्मी भोक लाग्यो भन्दै कराएकी थिइन् । उनकी आमा कहाँ थिइन् थाहा थिएन । पछि  आमालाई बुटवलको अस्पतालमा उपचार गराइरहेको पाइएको थियो भने परिवारले प्रहरीको सरक्षणबाट ती बालिकालाई घर लिएर गएका थिए ।
बस दुर्घटनामा २७ वर्षिया सिता बस्नेतको ज्यान गएको छ । ज्यान गुमाएकी बस्नेत, शितगंगा २ घर भइ हाल कपिलबस्तु बाणगंगा नगरपालिका – ८ चप्परगाउँ बस्दै आएकी थिइन ।
घाईतेहरु भन्छन्–गाडी स्पीडमा थियो
चालकले धेरै तीव्र गतिमा गाडी चलाएका थिए । स्पीड नचलाउनु भन्दा भन्दै पनि गाडी मालिक वसन्त थापाले भोलि छिटो फर्कनु छ भन्दै गाडी चालकलाई भनेको हामीले सुनेका थियौं । बस तीव्र गतिले हुईकिदा ब्रेक लागेन र दुर्घटना भयो । बाटो सजिलो भएको ठाउँमा दुर्घटना भएको हो । बस मालिक र चालककै लापरबाहीले यो दुर्घटना भएको हो । म बस पल्टदा ३/४ भर्लङ खाए । त्यसपछि उछिटिए । त्यसपछि मेरो होस हराएछ । पछि होसमा आउदा मलाई बाटोमा निकाल्नु भएको थियो । – १९ वर्षीय लोकनाथ पाण्डे, छत्रदेव गाउपालिका वडा नं. ७ घाईते ।
बस एकदम कुदेको थियो । म बच्चासँग साथमा थिए । बसका चालक र बस मालिकले अगाडिले के के कुरा गरिरहेका थिए, मैले सुनिन । हामी अलि पछाडि थियौं । तर घुम्ती आउनसाथ एक्कासी ठूलो आवाज आयो । त्यसपछि मैले केही थाहा पाईन । अलिअलि चिच्चाएको आवाज सम्झन्छु । म बससँगै तलै खसेको थिए रे । पछि होसमा आउँदा मलाई बुटवल ल्याईदैरहेछ । दुर्घटनाको कारण बसको तीव्र गति नै हो जस्तो लाग्छ । भाग्यले बाँचियो । छोरा पनि बाँच्यो । –२३ वर्षीया सपना कुँवर, अर्घाखाँची सन्दीखर्क नगरपालिका–७ ।
रगतको अभाव हुन सक्ने भन्दै स्वयमसेवक अस्पतालमा
घाईतेहरुलाई रगत आवश्यक पर्न सक्ने भन्दै बुटवलका रक्तदान अभियान्ताहरु अस्पतालमा पुगेका छन् । रगत आवश्यक पर्न सक्ने भएकाले घाईते भएका अस्पताहरुमा ४ जना रक्तदाताहरुलाई पूर्व तयारी अनुरुप राखिएको छ । गोर्खाली युवा सशक्तिकरण संस्थाका भरतजंग क्षेत्रीले रगत आवश्यक पर्न सक्ने घाईतेहरु भएका अस्पतालमा रक्तदाताहरुलाई राखेको बताए । उनले अहिले सम्म कसैलाई पनि रगत चढाउन नपरेको बताए ।
मृत्यु हुनेहरुमा:
१) शिवलाल भट्टराई,  वर्ष ५६ सन्धिखर्क नगरपालिका –  ७ डिहिडाँडा  
२) माया पुरी, वर्ष २२ सन्धिखर्क नगरपालिका –  ७ डिहिडाँडा  
३) शोभाखर पोख्रेल, ३ महिनाको बालक कपिलबस्तु बाणगंगा नगरपालिका – ७ वनगाई
४) बलराम भट्टराई, वर्ष ५४ सन्धिखर्क नगरपालिका –  ७ डिहिडाँडा  
५) सिता बस्नेत,  २७ वर्षिया, शितगंगा २ घर भइ हाल कपिलबस्तु बाणगंगा नगरपालिका – ८ चप्परगाउँ कपिलवस्तु
६) शैलेस थापा, वर्ष २२ भूमिकास्थान नगरपालिका वार्ड नम्बर ९  , ठुला डेभा  ( प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारको क्रममा मृत्यु भएको )
७) छवीलाल गैरे, वर्ष ५४  भूमिकास्थान नगरपालिका – १० 
८) वसन्त भन्ने ओम बहादुर थापा (चालक), ३२ वर्ष  गुल्मी मदने गाउँपालिका – २, हाल भैरहवा गैंडहा ७ बस्ने 
९) सन्त बहादुर बस्नेत (सन्तोष ब.बस्नेत), (सवारी धनी ) वर्ष ३८ शितगंगा नगरपालिका वार्ड नं. २ (चौराहा हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको )
१०) मोनिका खड्का, ९ वर्षिया, सन्धिखर्क नगरपालिका –  ७ खाचिकोट काउले  
११) राज कुमार महत, वर्ष २७  (सशस्त्र प्रहरी जवान/स.प्र.बल २७ नं. गणरुपन्देहीमा कार्यरत भलिबलका राष्ट्रिय खेलाडी)  गुल्मी धुर्कोट गा.पा.२   पलधारा साबिक ३बन्ज्याङ   
१२) सिता कुमारी सार्की नेपाली वर्ष ५९ सन्धिखर्क नगरपालिका २ 
१३) सिता घिमिरे  वर्ष ५० भूमिकास्थान नगरपालिका ९  
१४)  बिष्णुमाया गैरे   वर्ष ५० भूमिकास्थान नगरपालिका ९  
१५) मैघनाथ जैसी भण्डारी   वर्ष ५१ भूमिकास्थान नगरपालिका ७
१६) मन्जु बिक वर्ष १५ , शितगंगा नगरपालिका वार्ड नम्बर १ 
१७) कृष्ण बहादुर सुनार वर्ष ४२, छत्रदेव गाउँपालिका – ८
१८) लोक बहादुर दर्जी वर्ष ४८, शितगंगा नगरपालिका वार्ड नम्बर ७ कल्लेरी  
१९) हरी बहादुर दर्जी वर्ष ५५, शितगंगा नगरपालिका वार्ड नम्बर ७ कल्लेरी 
 घाईते हुने र उनिहरुको अवस्था:-
चौराहा हस्पिटल बुटवलमा उपचारार्थ घाईतेहरू :
१) विष्णु बहादुर अधिकारी, वर्ष ४२, सन्धिखर्क नगरपालिका – ५ वाङला   अनुहार र ढाडमा चोट, अवस्था सामान्य ।
२) नन्द बहादुर बि.क,   वर्ष ६०/६५ सन्धिखर्क नगरपालिका, अनुहार र टाउकोमा चोट, अवस्था – मध्यम ।
३) रिजन कुँवर, वर्ष ३ सन्धिखर्क नगरपालिका – ६  खुट्टा र टाउकोमा चोट, अवस्था – मध्यम ।
४) गणेश पुरी, वर्ष १ शितगंगा नगरपालिका वार्ड  नं.६ खाँचीकोट – टाउकोमा चोट, अवस्था- मध्यम ।
५) सपना कुँवर, वर्ष २३ सन्धिखर्क नगरपालिका –  ६  गर्धन र टाउकोमा चोट, अवस्था- मध्यम ।
६) नाम थर वतन नखुलेकि अं.वर्ष २४/२५ कि टाउकोमा चोट, अवस्था – सिरियस ।
भैरहवा मेडिकल कलेजमा उपचारार्थ घाईतेहरु:-
१) कृष्ण बि.क. वर्ष ४१,  पाणिनी गाउँपालिका वार्ड नं.७  चिउडो र ढाडमा चोट- अवस्था – सिरियस ।
२) विष्णु बि.क., वर्ष ३५  पाणिनी गाउँपालिका वडा नं.७  दाहिने खुट्टा भाचिएको, दाहिने गालामा चोट, अवस्था – सिरियस ।
३) जिवन बि.क., वर्ष २५, भूमिकास्थान नगरपालिका वार्ड नम्बर ९ डेभा अवस्था- समान्य ।
४) हुम बहादुर अधिकारी, वर्ष ३७ सन्धिखर्क नगरपालिका – ५ वाङला  ढाडमा र वाया गालामा चोट, अवस्था- मध्ययम ।
५) कमल मुखिया, वर्ष ३२ सन्धिखर्क नगरपालिका – ८  अवस्था- सिरियस ।
६) सरस्वती भट्टराई, वर्ष २३  सन्धिखर्क नगरपालिका – ४  दाया खुट्टा फ्याक्चर, टाउकोमा चोट, अवस्था-मध्यम ।
७) अंकीत थापा, वर्ष १५, सन्धिखर्क नगरपालिका – ४  टाउकोमा चोट, अवस्था- मध्यम ।
८) स्पर्ष पोखरेल, ३ वर्ष,  कपिलवस्तु बाणगंगा नगरपालिका  – टाउकोमा चोट, अवस्था- मध्यम ।
९) विमला पोखरेल,  वर्ष २४ कपिलवस्तु बाणगंगा नगरपालिका   ढाड र कानमा चोट, अवस्था – मध्यम ।( स्पर्षको आमा)
बि.एण्ड.वि.हस्पिटल काठमाण्डौ
१)  प्रशान्त सुबेदी, बर्ष ३३  दाङ राप्ति गा.पा.९  टाउकोमा चोट, अबस्था- सिरियस, लुम्बिनी सि.टी.हस्पिटल रुपन्देहीबाट बि.एण्ड बि.हस्पिटल काठमाण्डौ रिफर गरेकोले लु२च ६७४ नम्बरको एम्बुलेसमा काठमाण्डौ पठाईएको ।
अन्य घाईते
१. एन्जल भट्टराई,  वर्ष ३ सन्धिखर्क नगरपालिका – १  टाउकोमा चोट, अवस्था- मध्यम, निजको मामा घरको हजुरबुवा सन्धिखर्क नगरपालिका – २ चुत्रावेशी बस्ने वर्ष ४७ को बाबुराम पौडेलले बुझि लगेको ।
२. लोकनाथ पाण्डे, वर्ष १९  छत्रदेव गाउँपालिका वडा नं. ७  हातमा चोट, अवस्था- सामान्य । (डिस्चार्ज चौराहा हस्पिटल बुटवलबाट)

अन्य समाचारहरु