( प्रकासित मिती: २०७६ मसिर १३, शुक्रवार)
अर्घाखाँचीडट्कम संवाददाता
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ३ को वडाअध्यक्ष पदको लागि भोली मंसिर १४ गते शनिवार हुन गईरहेको उपनिर्वाचनको तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय खनदहले जनाएको छ।
निर्वाचन कार्यालयको तर्फबाट आबश्यक सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । निर्वाचनको मतदान स्थल निर्माण तथा कर्मचारी व्यवस्थापन लगायतका कामहरु पुरा भएको छ ।
ढुक्क भएर मतदान प्रक्रियामा सहभागि हुन मतदातालाई जिल्ला अधिकारी विजयराज पौडेलले आग्रह गर्नुभएको छ। निर्वाचन प्रयोजनका लागि पास उपलब्ध गराइएका सवारी साधन बाहेक अन्य निर्वाचनको अबधीभर चलाउन नपाइने प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनु भयो।
निर्वाचनको लागि २ स्थलमा ४ मतदान केन्द्र तोकिएको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ । आदर्श माबि खनदह स्थलमा क ,ख र सुन्दरा माबि सातडाँडा स्थलमा क,ख मतदान गरि ४ मतदान केन्द्र तोकिएको हो । जसको लागि ४ जना मतदान अधिकृत र अन्य सहयोगी गरि १२ जना मतदान स्थलमा खटिएका छन् । मतदाताले बिहान ७ बजेबाट बेलुकी ५ बजेसम्म मतदान गर्न पाउने छन् । मतदान पश्चात मतपेटीका मुख्य निर्वाचन अधिकृतको कार्यालय खनदहमै संकलन गरेर शनिबार बेलुकीबाटै मतगणना सुरू हुने जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
मालारानी गाउँपालिका वार्ड नम्बर ३ मा कुल मतदाता संख्या ३ हजार ३१ जना रहेको छ । यहाँ ७५ प्रतिशतसम्म मत खस्ने अनुमान गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलका अनुसार मतदान स्थलको सुरक्षाको लागि नेपाल प्रहरी १७६ जना, शसस्त्र प्रहरी ११५ र नेपाली सेना २९ जना खटिएका छन् । ढुक्क भएर मतदान प्रक्रियामा सहभागि हुन मतदातालाई पौडेलले आग्रह गरे । निर्वाचन प्रयोजनका लागि पास उपलब्ध गराइएका सवारी साधन बाहेक अन्य निर्वाचनको अबधीभर चलाउन नपाइने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । चार मतदान केन्द्रमा १४७१ पुरूष १५४० महिला गरि जम्मा ३ हजार ११ मतदाता संख्या रहेको मालारानी तिनमा वडा अध्यक्ष पदका लागि ३ जना उम्मेदवार रहेका छन् । यहाँ ७५ प्रतिशतसम्म मत खस्ने अनुमान गरिएको छ ।
निर्वाचन प्रयोजनका लागि पास उपलब्ध गराइएका सवारी सधान बाहेक अन्यलाई निर्वाचनको अबधिभर चलाउन नपाइने जिल्ला प्रशासन कार्यालयले बताएको छ ।
मालारानी गाउँपालिका–३ खनदहमा वडाध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट शोभाखर खनाल, नेकपाबाट यमलाल खनाल र राप्रपाबाट रणबहादुर खनालको उम्मेद्वारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यलय खनदहले जनाएको छ।
२०७४ मा मालारानी गाउँपालिका वार्ड नम्बर ३ मा नेकपा एमालेका अध्यक्ष जीवन चौहान सहितको प्यानल विजयी भएको थियो । चौहानले १००४ मत ल्याई प्यानल विजयी भएका थिए । माओबादी केन्द्र र कांग्रेस गठबन्दनका शोभाखर खनालले ९६८ मत ल्याएका थिए । २०७४ सालको स्थानिय निर्वाचनमा मालारानी गाउँपालिकाको कुल मतदाता संख्या १८,६९० मा १३,६९१ – ७३।२६% मत खसेको थियो ।
तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका वडाअध्यक्ष जीवन चौहान २०७४ को मंसिरमा रुपन्देहीको सैनामैना नगरपालिकामा पर्ने रानीबगियामा सडक दुर्घटनामा परेका थिए । सडक दुर्घटनामा परी गम्भीर घाइते भएका चौहानको चितवन मेडिकल कलेजमा उपचारका क्रममा पुस महिनामा निधन भएको थियो । मालारानीको अध्यक्ष, उपाध्यक्ष लगायत सबै वडा अध्यक्ष तत्कालिन नेकपा एमालेबाट निर्वाचित छन् ।