सिमलपानीमा ढावको १० औ र अंगरेपानी सामुदायिक बन उपभोक्ता समितीको ११ औ साधारण सभा सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
सिमलपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वाड न.१४ सिमलपानीको ढाव सामुदयिक बन उपभोक्ता समितिको १० औ र ,अंगरेपानी सामुदायिक बन उपभोक्ता समिती को ११ औ साधारण सभा सयुक्त रुपमा अध्यक्ष डासुराम बिस्टको अध्यक्षता मा ढाव सामुदायिक बनको आफ्नै भवन ढावमा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथी सि.न.पा. उपप्रमुख टीका रेस्मी,विशिष्ट अतिथी बाणगङ्गा सव डिभिजनका सहायक बन कार्यलयका जितेन्द्र सिंह खड्का , तेसै गरि सि.न.पा.का मेलमिलाप कर्ता ऋषि घिमिरे ,अन्य अतिथीहरुमा धर्मेन्द्र धिक्त विभिन्न पार्टीका प्रतिनिधि उपभोक्ता समितिका सदस्यहरुको उपस्थिती थियो । 
कार्यक्रमा एक जना वृद्धलाई न्यानो जाकेट लगाएर सम्मान गरिएको थियो। उपस्थिति स्थानिय कलकारको बाक्लो उपस्थितिमा उपमेयर टीका,जितेन्द्र खडका, ऋषि घिमिरेले मन्तब्य राख्नु भएको थियो त्यस्तै दुवै सामुदायिक वनका अध्यक्षले आ-आफ्नो सामुदायीक वन को बार्सिक आय ब्यय तथा लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । 
स्थानिय कलकारको नाचगान सहित दुबै अध्यक्षबाट समापन गरिएको थियो । 

अन्य समाचारहरु