मालारानी गाउँपालिका वार्ड नम्बर ३ को वडाअध्यक्ष पदमा कांग्रेसका शाेभाखर खनाल विजयी (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता
खनदह, अर्घाखाँची  ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ३ मा शनिबार वडाअध्यक्ष पदमा भएका लागि  सम्पन्न उपनिर्वाचनमा नेपाली कांग्रेसका शाेभाखर खनाल विजयी भएका छन् ।  
खनालले ११५९  मत ल्याई प्यानल विजयी भएका हुन् । नेपाल कम्युनिस्ट पार्टी नेकपाका यमलाल खनालले  १०५३ मत ल्याएका छन् । कांग्रेसका शाेभाखर खनाल १०६ मतले विजयी भएका हुन् ।  
२०७४ काे निर्वाचनमा तात्कालिन नेकपा माओवादी र नेपाली काँग्रेस काे गठवन्धनका उम्मेदवार शाेभाखर खनाललाई हराउँदै तत्कालीन नेकपा एमालेका उम्मेदवार जीवन कुमार चाैहानले वडा अध्यक्ष पदमा निर्वाचीत हुनु भएको थियाे ।  
उता राप्रपाका रण बहादुर खनालले ४ मत ल्याएका छन् । बदर मत संख्या ९ रहेको छ । मालारानी गाउँपालिका वार्ड नम्बर ३  मा शनिवार सम्पन्न उपनिर्वाचनमा कुल मतदाता संख्या ३०११ मध्ये महिला-१२३४, पुरुष-१००१ गरी कुल २२२५ मत खसेको थियाे ।
तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका वडाअध्यक्ष जीवन चौहान २०७४ को मंसिरमा रुपन्देहीको सैनामैना नगरपालिकामा पर्ने रानीबगियामा सडक दुर्घटनामा परेका थिए । सडक दुर्घटनामा परी गम्भीर घाइते भएका चौहानको चितवन मेडिकल कलेजमा उपचारका क्रममा पुस महिनामा निधन भएको थियो । 
अहिलेसम्म कम्युनिस्टले जितिरहेको यस वार्डमा पहिलो पटक नेपाली कांग्रेसले जितेको हो । 
को हुन् शोभाखर खनाल
कम्युनिष्टको किल्ला तोड्ने कांग्रेसका शोभाखर खनाल खनदहका पुर्व गाविस सभापती र हाल मालारानी गाँउपालिका संयोजक हुन् । खनदह बजारमा उनको किराना पसल पनि छ । स्थायी शिक्षक पेशा त्यागेर राजनिती थालेका शोभाखर गएको २०७४ को निर्वाचनमा पनि कांग्रेसका तर्फबाट उम्मेद्वार थिए । उनी तत्कालिक वार्ड अध्यक्ष दिवंगत जिवन चौहानसँग ३६ मतले पराजित भएका थिए । 

मालारानी गाउँपालिका वार्ड नम्बर ३  मा शनिवार सम्पन्न उपनिर्वाचनमा कुल मतदाता संख्या ३०११ मध्ये महिला-१२३४, पुरुष-१००१ गरी कुल २२२५ मत खसेको छ ।  
उम्मेद्वारको नाम                                                             प्राप्त मत   
नेपाल कम्युनिस्ट पार्टी नेकपा यमलाल खनाल:                                                       १०५३ (सुर्य)
नेपाली कांग्रेस शोभाखर खनाल:                                                                             ११५९   (रुख)  विजयी
राप्रपा नेपाल रणबहादुर खनाल:                                                                              ९       (हलो )
बदर मत:                                                                                                                  ७
जम्मा गणना मत :                                                                                                     २२२५ 
आदर्श माबि खनदह मतदान (क) केन्द्रमा २ सय ८६ पुरूष, ३ सय ३७ महिला गरी ६ सय २३ (ख) केन्द्रमा २ सय ४ पुरूष, ३ सय ४२ महिला गरी ५ सय ४६ गरी कुल ११ सय ६९ मत

कुल मतदाता -१६२०
खसेको मत-११६९
महिला-६७९
पुरुष-४९०
सुन्दरा आधारभुत बिद्यालय सावडाँडाको (क) केन्द्रमा २ सय ७४ पुरूष, २ सय ६१ महिला गरी ५ सय ३६ (ख) केन्द्रमा २ सय ३७ पुरूष, २ सय ८४ महिला गरि ५ सय २१ गरी कुल १ हजार ५६ मत खसेको थियो । जसको कुल मतदाताको अनुपातमा ७५.९१ प्रतिशत मत

कुल मतदाता – १३९१
खसेको मत- ११५६
महिला-५४५
पुरुष -५११

अन्य समाचारहरु