सन्धिखर्कमा टयाक्टरको ठक्करबाट घाइते बालकको उपचारको क्रममा निधन

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा टयाक्टरको ठक्करबाट घाइते भएका एक बालकको उपचारको क्रममा निधन भएको छ । 
टयाक्टरको ठक्करबाट घाइते सन्धिखर्क ६ नरपानी जगतका ७ बर्षिय गोकुल थापाको मृत्यु भएको हो । 
सन्धिखर्कबाट रतले तर्फ जादै गरेको लु ३ त १८१८ नम्बरको ट्याक्टरले शनिबार साँझ रतलेमा ठक्कर दिएपछी गम्भिर घाईते भएका थापाको उपचारको क्रममा चौराहा अस्पताल प्राली बुटवलमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। उनिसँगै रहेका भुमिकास्थान नगरपालीका ६ खिल्जीका ८ वर्षीय अनुराग जिसी गम्भीर घाइते भएका छन्।  
जिसीको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको बताइएको छ। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटना बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।  उता शोकमा मदरल्याण्ड स्कूलले आज विद्यालय बन्द गरेकाे छ ।
Image result for सन्धिखर्क बसपार्क arghakhanchi

अन्य समाचारहरु