दीपक भुसाल
केरुङा, अर्घाखाँची (अर्घाखाँची डटकम्) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँ पालिका वार्ड नम्बर ३ केरुङाको खरिगैरा स्थायी निवासी तीस वर्षीय हरि पाण्डे वैदेशीक रोज़गारको लागी मध्यपूर्व स्थित कुवेत ०७ बर्ष रोज़गार गरी आफ्नै गाँउमा केही गर्ने उद्देश्य सहित नेपाल फर्किएर हाल कृषि पेशालाई अंगालेका छन ।
संघीय, प्रादेशिक तथा स्थानीय सरकार गाउँपालिकाको तर्फवाट ठुला ठुला याेजना र सहूलियत आएको पाईन्छ तर आफुलाई सानाे सानाे याेजन मात्र पाएकाे पाण्डे वताउछन । यसरी सरकारको तर्फवाट सहयोग पाएको खण्डमा अझ व्यावस्थित तवरले फर्म संचालन गरेर एउटा नमुना कुषक बन्ने साेचमा छु ।
प्रारंभिक रुपमा परिक्षण गर्नको लागी भनेर ०६ लाख लागानीमा भारतको पन्जाब देखि दैनिक १५ देखि १८ लिटर सम्म दूध दिने मुर्रा भैंसी दुईअाेटा बाट सुरु गरेकाे अहिले ६ अाेटा रहेका छन । यसरी भैंसी भारतवाट ल्याई कृषिपेशा सुरु गरेकाे गरेका पाण्डे हाल दैनिक २० देखि २५ लिटर दुध बेच्ने कृषक वनेको वताउछन ।
तपाई मासिक कति आम्दानि गर्नु भएको छ ? भन्ने पत्रकारको जिज्ञासामा ४०,०००/- देखि ६०,०००/- हजार बचाउन सफल रहेको वताउछन । देशमा वेरोजगारीको समस्या देखाई विदेशिने र शहर वस्ने युवाहरुलाई यो एक उदाहरण पनि वनेको छ । गाँउघरमा खेतवारी वाझैछन खरवारी वुट्यान भए तर युवाहरु गाँउ छाड्दा विषादी युक्त खाना खानु नेपालीको वाध्यता रहेको छ । युवाहरु विदेशीने क्रम वढेको समयमा यसरी गाँउमा फर्किएर केही गर्छु भन्ने युवाहरुलाई राज्यको तर्फवाट सहयोग भएमा दुग्ध तथा कृषीजन्य उपजको उत्पादनमा समेत वृद्धी हुने पर्वल संभावना देखिन्छ ।
तस्वीर दीपक भुसाल/अर्घाखाची डटकम्