सुर्य भुसाल
नरपानी, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नेपाली कांग्रेसका नेता डाक्टर रामबहादुर बिसीले अर्घाखाँची जिल्लाको नरपानीमा भएको सवारी दुर्घटना प्रति एक प्रेस विज्ञप्ती जारी गदै गहिरो दु:ख व्यक्त गर्नु भएको छ । सन्धिखर्कबाट बुटवलको लागि बुधबार दिउसो १:३० बजे छुतेको बस नरपानीमा दुर्घटना हुँदा निधन हुनेहरु प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन प्रती समवेदना प्रकट गर्नुभएको हो
उहाँले घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइतेको प्रभावकारी उपचारको लागि संबंधित निकायको ध्यानाकर्षण समेत गराउदै बिरामी हरुलाई भैरहवा अस्पताल पुगेर स्वास्थ्य अबस्था बारे जानकारी लिनु भएको छ ।
बिसि ले जिल्लामा पटक पटक सवारी दुर्घटना हुने गरेको प्रती चिन्ता प्रकट गर्दै दुर्घटना हुनुको कारण पत्ता लगाई तत्काल समस्याको पहिचान गरि सरकार र संबंधित सरोकारवालालाई दीर्घकालीन समाधानका लाग्न समेत आग्रह गर्नु भयको छ ।
सन्धिखर्क नपा ६ नरपानीमा लु.२ ख २१४८ नम्बरको बस दुर्घटना हुँदा ११ पुरुष,६ महिला ,१ बालक,१ बालिका समेत १९ जनाको ज्यान गएको छ । दुर्घटनामा १८ जना यात्रु घाइते भएका छन् ।