अराज बेल्बासे
ठाडा, मंसिर १७ । दिगो बिकास लक्ष्य , अपाङ्गता मैत्री भविश्य भन्ने मुल नाराका साथ आज शितगंगा नगरपालिकामा पनि २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको बिशेष अबसरमा देउराली अपाङ्गता उत्थान समाजको आयोजना तथा शितगंगा नगरपालिकाको सहयोगका आज अन्तकृया कार्यक्रम सम्पन्न भएको छ ।
¥याली सहित उपस्थित भएको समुहले अपाङगताहरुको हक अधिकार सुनिश्चताको नारा सहित ¥याली सम्पन्न गरिएको थियो । यस्तै कार्यक्रममा बोल्दै सहभागीहरुले नगरपालिकामा कुनै पनि कार्यालय अपाङगमैत्री नभएको भन्दै सहज हुने गरि कार्यालय सञ्चालन गर्न अनुरोध गरेका थिए । यस्तै कार्यक्रममा बोल्दैै अपाङ्ग महासंघका प्रदेश सदस्य दामोदर बिसीले नगरपालिकाले दिने शिफारिसमा अपाङ्गता भएकाहरुलाई छुटको ब्यवस्था गर्न नगरपालिका सँग अनुरोध गर्नु भयो ।यस्तै नगरपालिकाका बिभिन्न शाखाहरुमा भएका कर्मचारीमा अपाङ्गता भएका ब्यत्तीहरुला समेत समाबेस गर्न अनुरोध गर्नु भयो ।

यस्तै बिशिष्ट अतिथी शितगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले अपाङ्गता भएका ब्यत्तिहरुको क्षमतम बृद्धिका कार्यक्रम लिएर आएमा नगरपालिकाले सहयोग गर्न तयार रहेको बताउनु भयो । अपाङ्गता भएका ब्यत्तिहरुको लागि छुटाएको बजेत अनउत्पादक क्षेत्रका बढी खर्चहुने गरेका भन्दै अव अपाङ्गता क्षेत्रको कार्यक्रमको लागि सहयोग नगरपालिकामा माग्दा क्षेमतामा आधारित कार्यक्रम लिएर आउन अनुरोध गर्नु भयो । अधिकांस कार्यक्रम अन्तकृया,गोस्ठी जस्ता मात्र आउने गरेकोले गलानीको प्रतिफल नदेखिएकोले अब आत्मनिर्भर बन्ने खालका कार्यक्रम सञ्चालन अर्न अनुरोध गर्दै नगरपालिका सहयो गर्न तयार रहेको बताउनु भयो ।
यस्तै प्रमुख अतिथी शितगंगा नगरपालिका उपप्रमुख टिका रेस्मीले अपाङ्गता भएका ब्यत्तिहरुको सहयोगमा नगरपालिका सधै तत्पर रहेको बताउनु भयो । नगरपालिकाले अपाङ्गता ब्यतिहरुको लागी शिपमुलक तालिम सञ्चालन गर्न तयार भएको भन्दै आयोजक संस्थालाइ आत्मनिर्भर हुने गरि बिभिन्न शिपमुलक तालिम सञ्चालन गर्ने योजनाका साथ आएमा आफु तयार रहेको बताउनु भयो ।
अपाङ्गता भएका ब्यत्तिहरुको लागि गरिएको लगानी अहिले सम्म ब्यवसायिक रुपमा खासै उपलब्धी मुलक नभएको भन्दै नमुनाकाम गर्ने योजनाका साथ आए नगरपालिका बाट सहयोग हुने बताउनु भयो । कार्यक्रममा नेकपा मालेका जिल्ल सचिव केलार बेल्बासे नेपाली काग्रेशका शुमन्त पौडेल नगरपालिकाका महिला तथा बालबालिका शाखाका प्रमुद नरमकाया सुबेदी , लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा अपाङ्गता भएका स्थाइ रुपमा शिक्षक सेवा आयोगमा नाम निकाल्न सफल भएकोमा बिभिन्न शिक्षकहरुलाइ सम्मा न गरिएको थियो । यस्तै शितगंगा उद्योग बाणिज्य संघका अध्यक्ष चिन्ताराज अधिकारीले नगरपालिका भित्र रहेका अपाङ्गता भएका बिद्याथीहरुलाइ शौक्षिक रामाग्री बितरण गर्नु भएको थियो । अधिकारी गत बष समेत जनप्रतिनिधीको रुपमा आएको सम्पुण तलव भत्ता बात नगरपालिका भित्रका अपाङ्गता भएका सम्पुर्ण ब्यत्तिहरु बैशाखी बितरण गर्नु भएको थियो । कार्यक्रमा नगरमाया सुबेदीको स्वागत ऋषि घिमिरेको सञ्चालन तथा देउराली अपाङ्गता उत्थान समाज शितगंगाका अध्यक्ष तारापति क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो -।।