सितापुरमा पश्चिम नेपाल बस ब्यवसायी प्रालिद्धारा शोक सभा सम्पन्न

सचिन वोहोरा
सितापुर । पश्चिम नेपाल बस ब्यवसायी प्रालिले मंसिर ११ गते नरपानीमा दुर्घटनामा मृत्यु भएका शितगंगा नगरपालिका २ का सवारीधनी सन्त बहादुर बस्नेतको दुखत निधन प्रति आज नवऔ दिनको पुण्य तिथिको अबसरमा शोक सभा सम्पन्न गरेको छ ।
उत्त दुर्घटनामा परि ज्यान गुमाउने १९ जनाको दुखत निधनले पश्चिम नेपाल बस ब्यवसायी समिति परिवार स्तब्ध भएको भन्दै प्रालिका अध्यक्ष दधिराम खरेलले सन्तबहादुर बस्नेतको निधनले सिंगो पश्चिम नेपाल बस ब्यवसायी समितिलाई अतुलनिय क्षति पुगेको र प्रालिले एक जिम्मेबार महत्वपुर्ण सदस्य गुमाएकोमा दुख ब्यत्त गर्नु भयो ।
यस्तै शोकसभामा बोल्दै अध्यक्ष खरेलले बस्नेतको परिवारलाई आगामी दिनमा समेत अप्ठेरो परेको अबस्थामा साथ र सहयोग गर्न तयार रहेको बताउनु भयो ।
शोकसभामा प्रालिका सचिव रामचन्द्र भुसाल ,सह–सचिव सुरेन्द्र श्रेष्ठ अर्घाखाँची रुट सयोंजक राम बहादुर बस्नेत,बिदुर पाण्डे,दिपक पछाई,हरि प्रसाद पन्थी,अर्घाखाची शाखा प्रमुख कमल भट्टराई , हुमा पौडेल , नारायण बन्जाडे,रेशम केसी लगायतको उपस्थिति रहेको थियो । साथै शोक सभामै प्रालिका अध्यक्ष खरेलले मृतक सन्त बहादुरका भाई भेषराज बस्नेतलाई राहत स्वरुप रु २ लाख प्रालिको तर्फ बाट प्रदान गर्नु भएको थियो ।

अन्य समाचारहरु