छत्रदेव गाउँपालिकाद्वारा प्रमुख प्रशासकिय अधिकृत भुसालले अनियमितता गरेको भन्दै लगाएको आरोप-प्रचार प्रति आपत्ति

सुर्य भुसाल
छत्रदेव, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले आफुलाई सामाजिक सन्जालमा बदनाम गर्ने उदेश्यले गलत प्रचार प्रति आपत्ति जनाउनु भएको छ ।
सामाजिक सन्जालमा बाबुराम पान्डेको नामबाट छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले गाउँपालिकालाई आवश्यक पर्ने बिभिन्न खालका सामान खरिद गर्दा कमिसन खाएको पोल तार, जस्ता पाता खरिदमा अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी लेखेको भनि सामाजिक सन्जालमा राखेर भुसालको बदनाम गर्नका लागि भाईरल गराईएको प्रमुख प्रशासकिय अधिकृत भुसालले बताउनु भयो । 
भुसाल हाल सम्म कुनै बिबादित काम नगर्ने कार्यालय प्रमुख भएको स्वयम छत्रदेवका स्थानियबासीहरु बताउछन । छत्रदेव गाउँपालिका नेपालकै नमुना पालिकाको सुचिमा पर्छ र राम्रो काम गर्ने गाउँपालिका र त्यसका प्रमुख प्रशासकिय अधिकृतको नाम जोडेर गलत प्रचार गरेको प्रति छत्रदेव गाउँपालिकाले आपत्ति जनाएको हो । 
आफ्नो नाम जोडेर गलत प्रचार गर्नेका बिरुद्ध साईबर क्राईम अन्तरगत मुद्दा दर्ता गरेर दोषीलाई कार्वाहि गर्ने तयारी भईरहेको भुसालले बताउनु भयो । आफु कुनै पनि त्यस निबेदनमा लेखे जस्तो कुनै कुरा प्रमाणित गरेर देखाउन समेत भुसालले भन्नुभएको छ।

अन्य समाचारहरु