अर्घाखाँचीडट्कम संवाददाता
बुटवल । अर्घाखाँची जिल्लाका स्थानीय जनप्रतिनिधिहरुले बस दुर्घटनाका घाईतेहरुको स्वास्थ अवस्था बोर जानकारी लिएका छन् ।
बिहीबार दुर्घटनाका घाईतेहरु उपचाररत अस्पतालमा पुगि अर्घाखाँची जिल्लाबाट प्रतिनिधित्व गर्ने नेकपा प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रदेश नं ५ सभासद रामजी प्रसाद घिमिरे ,नेकपा प्रदेश कमिटी सचिवालय सदस्य तथा सन्धिखर्क नगर उपप्रमुख ठाकुर कुमार बिक, नेकपा जिल्ला सदस्य तथा सनपा ९ का वडा अध्यक्ष देब बहादुर रायमाझी, पत्रकार महासंघ ५ न. प्रदेश सदस्य अशोक खनालले घाईतेहरुको स्वास्थ अवस्था बोर जानकारी लिएका हुन् ।
उनीहरुले घाइतेहरुको उपचारमा कुनै पनि कसर बाँकी नराख्न अस्पताललाई अनुरोध गरेका छन् ।
तर यसअघि घाईतेलाई प्रमुख जिल्ला अधिकारी विजयराज पाैडेल सहितको सुरक्षा निकायका प्रमुखहरुले बस दुर्घटनाका घाईतेलाई भेट्नुभएकाे थियो।
बुटवल चाैराहा हस्पिटलका २ जना र लुम्बिनी मेडिकल कलेज भैरहवामा उपचाररत ७ जना विरामीलाई भेट्नुभएकाे थियो ।
विरामीलाई भेट्दै उपचारमा कुनै कमी नराख्न आग्रह गर्नुभएको छ । प्रमुख जिल्ला अधिकारी पौडेलसँगै सशस्त्र प्रहरी वल अर्घाखाँचीका डिएसपी माधव रेग्मी, प्रमुख अनुसन्धान अधिकृत विनय चतुर्वेदी सहितको टोली अस्पताल पुग्नुभएकाे थियोे ।
मंसिर ११ गते सन्धिखर्कबाट बुटबल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको थियो । दुर्घटनामा १९ जनाको ज्यान ले ज्यान गुमाएका थिए भने ९ जना घाईते भएका थिए । घाईतेको लुम्बिनी मेडिकल कलेज भैरहवा,चौराहा अस्पताल बुटवल ग्राण्डी अन्तराष्ट्रिय अस्पताल काठमाडौँमा उपचार भैरहेको छ।
लुम्बिनी मेडिकल कलेज भैरहवामा सनपा ४ कि ३ वार्षिया स्पश पोख्रेल ,बाडगङा नगरपालिका कि २४ वार्षिया बिमला पोख्रेल ,सनपा ४ कि २३ वार्षिय सरसती भट्टराई , पाणिनि ८ का ४५ वार्षिय बिष्णु बिक ,सनपा ६ का १५ वार्षिय अन्कित थापाको उपचार भैरहेको छ। त्यस्तै बुटवल चौराहा अस्पतालमा सनपा ६ कि २४ बर्सिया सपना कुवर , सनपा ६ का ढाइ बर्सिया सिजन कुवर र घटनामा गम्भीर घाइते सनपा ११ का कमल मुखिया र पाणिनि ८ कृष्ण बहादुर बिकको ग्रान्डी अस्पतालमा उपचार भैरहेको छ।