सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कर्मचारीहरुले बिदाको दिन बिरलै काम गरेको पाईन्छ तर अर्घाखाँची जिल्लामा रहेको विशेष नापी कार्यालय अर्घाखाँचीका कर्मचारीहरुले भने शनिबार पनि आईतबार जस्तै दिनभर सेवाग्राहीको काममा ब्यस्त देखिन्छन ।
सेवाग्राहीहरुको काम पनि झन्झटिलो हुने भएको कारण कर्मचारीहरुले शनिबार सहित अधिकाम्स बिदाको दिन बाहिर सटर लगाउने तर कार्यालय भित्र सबै प्राबिधिक कर्मचारीहरु काममा ब्यस्त देखिन्छन ।
बिसेष नापी कार्यालयमा प्रमुख नापी अधिकृत खिम बहादुर राना कार्यालय प्रमुख बनेर यस कार्यलयमा आएपछि यहाँका जनताले छिटो छरितो मुस्कान सहितको सेवा मात्रै पाएनन कि शनिबार बिदाको दिनपनि उनिहरुले सेवा पाउदा अत्यन्तै खुसि हुने गरेका छन ।
राना निकै अनुसासित कर्तब्य निष्ट सरल जनता प्रति उत्ररदायी कार्यालय प्रमुख हुन । अर्घाखाँचीको हंसपुरमा जन्मिएका राना अर्घाखाँचीका कर्मचारीको प्रतिनिधित्व गर्दै राष्ट्रपतिबाट सम्मानित कर्मचारी हुन । रानाले सेवाग्राहीको काम छिटोछरितो गर्न निर्देशन दिने मात्रै गर्नु हुन्न आफुपनि दिनरात कर्मचारीहरुसँग खट्नु हुन्छ ।
प्राबिधिक कार्यालयमा यसरी जनताप्रति उत्रदायी कर्मचारी पाउदा अर्घाखाँचीबासी खुसि छन् ।