सन्धिखर्कको कुरमा स्वास्थ्य चौकी भबनको सिल्यान्यास (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
कुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ को कुरमा निर्माण हुन लागेको स्वास्थ्य चौकी भबनको एक भब्य समारोहबीच सिल्यान्यास गरिएको छ ।
सन्धिखर्क नगरपालिकाको ४० लाख लगानीमा निर्माण हुन लागेको भबनको सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले सिल्यान्यास गर्नु भएको थियोे ।
भबनको हिन्दु सस्कार अनुसार गरिएको सिल्यान्यासमा नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिकको उपस्थितिमा वार्ड नम्बर २ का अध्यक्ष मोती जङ रायमाझीले जगमा पुजा गरेर सिल्यान्यस गरिएको हो ।
कार्यक्रममा नगरसभा सदस्य सुस्मा श्रेष्ठ मिना सावत निर्माण ब्यबसायी निराजन बस्याल लगायतको उपस्थिति रहेको थियोे ।

अन्य समाचारहरु