मालारानी ३ मा उपनिर्बाचनमा पराजय भएपछि नेकपाद्धारा वार्ड कमिटी बिघटन, चुनावको छानबिन गर्न आयोग


नबिन के.सी 
सन्धिखर्क, अर्घाखाँची । नेकपा अर्घाखाँचीले मालारानी गाउँपालिका वडा नं ३ कमिटीलाई बिघटन गर्ने निर्णय गरेको छ ।
 मंसिर १४ गते सम्पन्न उपनिर्बाचनमा अनपेक्षित पराजय भोग्नुपरेको भन्दैे कमिटी विघटन गरेको प्रचार बिभाग प्रमुख तिलक मिश्रले जानकारी दिए ।‘निर्बाचनमा नेकपाले अनेपक्षित नतिजा आए पछि वडा कमिटीलाई बिघटन गरेका छौ ।’ बैठकले पार्टी काम संचालनको लागी बिरबहादुर के.सी.को संयोजकत्वमा ५ सदस्यीय वडा कमिटी निर्माण गरेको छ ।
 कमिटीको सदस्यमा बि.आर . खनाल ,एस.खनाल ,कमल चौहान र गुणानिधि पोख्रेल  रहेको कमिटी निर्माण गरेको छ ।  बैठकले निर्वाचन पराजयको कारण पत्ता लगाई आबस्यक सुझाव पेश गर्न नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रदेश कमिटी सदस्य तोजबहादुर रायमाझीको संयोजकत्वमा ३ सदस्यीय छानबिन आयोग बनाएको छ । जस्को सदस्यमा पिताम्बर भुसाल र श्रीकृष्ण भुसाल रहेका छन । बैठकले निर्वाचनको प्रारम्भिक समिक्षा गर्नुका साथै निर्वाचनमा मतदान गर्ने  मतदाताmाई धन्यवाद ज्ञापन गरेको छ । बिघटित वडा कमिटीको अध्यक्षमा दण्डपाणि पोख्रेल , सचिव हुमबहादुर खनाल सहित २९ सदस्य रहेको कमिटी रहेको थियो  । उक्त वडामा नेकपा नेतृत्वमा गाउँपालिका रहेको छ । 
२०७४ सालको स्थानीय निर्बाचनमा नेकपा एमालेको तर्फबाट उम्मेद्धवार बनेका जिबन कुमार चौहान एक हजार चार मत प्राप्त गरेका थिए भने नेपाली काग्रेस र नेकपा माओबादीको संयुक्त गठबन्दनले ९ सय ६८ मत प्राप्त गरेको थियो । यस्तै २०७४ को प्रदेश र संघको निर्बाचनमा मालारानी ३ मा तत्कालिन नेकपा एमाले र माओबादी केन्द्र बिचको तालमेल भएर भएको चुनाबि मत परिणामका आधारमा अकं गणितिय हिसाबले नेकपा ५ सय ७१ मतले अगाडि रहेको देखिएको थियो । 
उपनिर्बाचनमा नेपाली काग्रेसका उम्मेद्धवार शोभाखर खनाल नेकपालाई एक सय तीन मतले पछि पार्दै बिजयी भएका छन ।

अन्य समाचारहरु