सन्धिखर्कमा नागरिक समाज नेपाल अर्घाखाँचीको दोस्रो साधारण सभा सम्पन्न (तस्बिर सहित)

श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची  मंसिर २१ । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नागरिक समाज नेपाल अर्घाखाँचीको दोस्रो साधारण सभा सम्पन्न भएको छ । 
राजनीतिक विश्लेषक तथा नागरीक समाजका अगुवा डाक्टर सुरेन्द्र केसीले देशमा लोकतन्त्रको स्थापना भएपनि साच्चीकै लोकतन्त्र आउन नसकेको बताउनु भएको छ । केसीले राजनितिक दलहरुले जनतामा भनेजस्तो काम गर्न नसकेकोले पछिल्लो समय जनतामा नैराश्यता उत्पन्न भएको बताउनु भयो । नागरीक समाज अर्घाखाँचीको दोस्रो साधारण सभा तथा प्रथम अधिबेशनको सनिबार सन्धिखर्कमा उद्घाटन गर्दे केसीले यस्तो बताउनु भएको हो ।
 केसीले देशमा पछिल्लो समय निषेधको राजनिति गर्न खोजीएको भन्दै यसले भबिश्यमा दुरगामी असरपार्ने कुरामा जोड दिनुभयो । जनताको पक्षमा आबाज उठाउदा आफुहरुलाई प्रतिगामीको आरोप लगाउनेहरुलाई केसीले के गरेमा क्रान्तिकारी भईन्छ भन्दै प्रश्न समेत गर्नु भएको थियो । नेपाली जनता कसैको दासी नभएको बताउदै डा.केसीले देशको सबै परीबर्तनमा नागरीक समाजको महत्वपुर्ण भुमिका रहेको दाबि समेत गर्नुभयो ।
अधिवेशनले नन्दलाल (नमराज) पोख्रेलको अध्यक्षतामा १७ सदस्यीय नागरिक समाज अर्घाखाँचीको गठन गरेको छ । जसको उपाध्यक्षमा रामप्रसाद पन्थि,सचिव लेखनाथ भण्डारी ,सहसचिव मानबहादुर बिक र कोषाध्यक्षमा प्रतिभा केसी चयन हुनु भएको छ । यस्तै समितिको सदस्यहरूमा खिमु गिरि,कृष्णदेबि बस्नेत ,कासिनाथ पौडेल,श्याम घिमिरे ,घनश्याम पौडेल,दिवाकर अधिकारी,खिम बहादुर केसि,पुर्ण कँुवर र मन्जु क्षेत्री चयन हुनुभएको छ भने ३ स्थान रिक्त राखिएको छ ।
यसैबीच अधिवेशनले कृष्णप्रसाद बन्जाडे, केबि भुसाल,बुद्विराम गैरे,हिमबहादुर राना,शिबनाथ श्रेष्ठ ,कुलराज खनाल ,हेमराज भुसाल ,दुर्गाप्रसाद अधिकारि र हुमप्रसाद चुँदालिलाई सल्लाहकारमा मनोनयन समेत गरेको छ । कार्यक्रम समाजका अध्यक्ष नन्दलाल पोख्रेलको अध्यक्षता,दिवाकर अधिकारीको स्वागत मनतब्य र पुरन पोख्रेलको सन्चालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु