सागर परियार / अर्घाखाँचीडट्कम संवाददाता
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवस मनाइएको छ ।
भ्रष्टाचार बिरुद्ध स्थानीय तहका जनप्रतिनिधी तथा कर्मचारीले प्रतिबद्धता जनाएका छन । अन्तराष्ट्रिय भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसर सुशासन प्रर्बद्धनका लागि जिल्ला स्तरीय नागरिक सञ्जाल अर्घाखाँची लगायतका बिभिन्न नागरिक समाज संस्थाको संयुक्त आयोजनामा भएको छलफल तथा अन्र्तक्रिया कार्यक्रममा जनप्रतिनिधी तथा कर्मचारीले प्रतिबद्धता व्यक्त गरेका हुन ।
भ्रष्टाचार बिरुद्धको सहकार्य : सुशासनका लागि अपरिहार्य भन्ने नाराका साथ मनाइएको कार्यक्रममा बोल्दै भुमिकास्थान नगरपालिका प्रमुख रेशम थापाले भ्रष्टाचार निवारणका लागि मनै देखिको चाहाना हुनुपर्ने बताउनुभयो । थापाले औपचारीक प्रतिबद्धता एउटा पक्ष भएको भन्दै अन्तर आत्मा देखिको जागरुकता समेत जरुरी रहेको बताउनुभयो ।
उप–प्रमुख खडानन्द बेल्बासेले स्थानीय तहलाई भ्रष्टाचार रहित गराउने अभियानमा आफु आफ्नो भुमिकास्थान नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारीले सुशासन कायम गर्दै भ्रष्टाचार बिरुद्धको अभियानमा सबै कर्मचारी प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा सुशासन प्रर्बद्धनका लागि जिल्ला स्तरीय नागरिक सञ्जालका संयोजक फर्सुराम पाण्डेको अध्यक्षता, इन्सेक प्रतिनिधी नारायण भुसालको बिषयवस्तु माथि प्रकाश पर्नु भएको थियो ।