अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा २५ बर्षपछि पुन: भारतीय सेनाबाट निबृतलाई पेन्सन वितरण शुरु भएको छ ।
भुतपुर्व भारतीय सैनिकहरुले मंसिर २२ र २३ गते सन्धिखर्क पेन्सन क्यापबाट पेन्सन बुझ्न सक्ने भुतपुर्व सैनिक संघका अध्यक्ष गोपाल सिंह अर्यालले बताउनु भयो ।