सन्धिखर्क – गोरुसिङे सडक खण्डमा टिप्परहरु माथि कडाई, १० चक्केलाई निषेध, १०-१० मिनेट फरकमा गुडाउनु पर्ने

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क – गोरुसिङे सडक खण्डमा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले टिप्परहरु माथि कडाई गरेको छ । 
अब सन्धिखर्क – गोरुसिङे सडक खण्डमा चल्ने टिप्परहरुलाई ढाला तह सम्ममात्र ढुङ्गा राख्नु पर्ने, हरेक साधन १०, १० मिनेट फरकमा मात्र गुडाउनु पर्ने, तिब्र गतिमा नगुडाउने, १० चक्केलाई निषेध गर्ने लगायतका नियमहरु जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले लागु गरेको छ ।
नियम, निर्देशनहरु उल्लंघन गरेमा कडा कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ । 
यसअघि म‌सिर १९ गते विहीवार ट्राफिक प्रहरी अर्घाखाँचीले क्षमताभन्दा बढी भार बोकेर आउने ५२ वटा मालबहाक टिप्परहरुलाई नियन्त्रणमा लिएको थियो ।          

अन्य समाचारहरु