नबिन के.सी
छत्रदेब, अर्घाखाँची । अर्घाखाँची जिल्लामा प्रदेश स्तरका सड्कहरुको निर्माणको काम तिब्र रुपमा चलिरहेको छ । गत आर्थिक बर्षमा प्रदेश स्तरका सड्क निर्माणकोकाममा लापरबाही भएपछि कामको आधारमा मात्र भुक्तानी दिएको थियो ।
यस बर्ष गत बर्ष जस्तो काम नहोस भन्नको लागी ५ नम्बर प्रदेश सभाका सदस्य चेतनारायण आचार्यले अनुगमनको कार्यलाई निरन्तरता दिनु भएको छ । जिल्लाको छत्रदेब गाउँपालिकाको पहुँच मार्गको रुपमा रहेको जिमुरथुम ,जहरेखोला पाटी सड्क गत बर्ष २ करोडको कामको लागी सूचना प्रकाशन भएर ५० प्रतिशत छाडेर ठेक्का समझौता गरेको श्रेष्ठ टेड्रिङ्ग टेड्र सप्लार्यस एण्ड श्रेष्ठ कन्ट्रर्कसनले असाढ मसान्तमा काम सक्नु पर्ने भए पनि अहिले सम्म काम सम्पन्न गर्न सकेको छैन ।
गत बर्ष कामको आधारमा मात्र ४० लाख रुपैया भुक्तानी भएको र यस बर्ष दिने समझौता रकमको दैनिक ०.०५ प्रतिशत जरिमाना तिरेर काम गरिरहेको पूर्बधार बिकाश कार्यालय गुल्मीका ईन्जीनियर अशोक दुवाडिले बताए । निर्माण व्यबसायीले समझौता अनुसारको काम नगरेको भन्दै प्रदेश सासंद आचार्यले अनुगमन गर्नु भएको छ ।
प्राबिधीक ईस्टमेट अनुसार काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिदै आचार्यले भने ‘ समझौता अनुसार काम नगरे तपाईहरुलाई कालो सूचिमा राख्ने गरि प्रक्रिया अगाडि बढाईने छ । अहिले जरिमानामा काम गर्दै हुनुहुन्छ । समयमा काम सक्नुहोस । ’उक्त सड्कको स्तर उन्नती गर्नको लागी यस आर्थिक बर्षमा २ करोड भन्दा बढि रकम बिनियोजन भएको आचार्यले बताउनु भयो । आफनो गाउँमा हुने बिकाश निर्माणमा निर्माण व्यबसायीले समझौता अनुसार काम सम्पन्न भए नभएको स्थानीय जनप्रतिनिधी र आम जनताको समेत दाईत्व भएको बताउनु भयो । ‘समझौता अनुसार काम भएको छ । छैन ईस्टमेट के भएको छ ? सो अनुसार भए नभएको सबैले चासो राखेर काम गर्ने हो भने मात्रै निर्माण व्यबसायीले काम गर्दछन । ’
उक्त सड्क निर्माणको जिम्मा पाएका श्रेष्ठ टेड्रिङ्ग टेड्र सप्लार्यस एण्ड श्रेष्ठ कन्ट्रर्कसन व्यबस्थापक हरि श्रेष्ठ गत आर्थिक बर्षमा कम काम गर्ने निर्माण व्यबसायीको रुपमा आफनो पहिचान बनाएका छन ।