मालारानी १ र २ मा प्रगतिशिल साना किसान कृषि सहकारी संस्थाको दोस्रो साधारण सभा सम्पन्न

नबिन के.सी
मालारानी, अर्घाखाँची  । देशलाई सम्बृद्धिको यात्रामा अगाडि बढाई समाजबादको बाटोमा  सहकारी संस्थाहरु हिडेको राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का उज्वलले बताउनु भयो । 
प्रगतिशिल साना किसान कृषि सहकारी संस्था मालारानी १ र २ को   दोस्रो साधारण सभालाई उद्धघाटन गर्दै खड्काले महिला दिदि बहिनीहरु साना किसान कृषि सहकारी संस्थाहरुले व्यबाहारमा समाजबाद लागु गरेको बताउनु भयो । ‘हामिले समाज बाद संबिधानमा लेखेका छौ । साना किसान सहकारी संस्थाहरुले लागु गर्नु भयो । एक डेड बर्षमा सामूहिक कार्यको भावना जागरुक हुनु सकारात्मक रहेको छ । ’ 
प्रदेश सभा सदस्य चेतनारायण आचार्यले प्रदेश सरकारले सहकारी मार्फत आयआर्जन मूलक कार्यको लागी अनुदानको व्यबस्था गरेको भन्दै सहकारी मार्फत उत्पादन र बजारीकरण गर्नु पर्नेमा जोड दिनु भयो । ‘ निर्बाचनको बेला जनता सामु गरेका प्रतिबद्धताहरु पुरा गर्र्दै गएका छौ । मालारानी २ र ३ को लागी कोदाले डाडाकटेरी खानेपानी योजना ९ करोडको लागतमा सम्पन्नको चरमा रहेको छ । 
रिडि सुर्खेत सड्कको ८ करोडको काम देउराली देखी काम सुरुवात हुने छ ।  किसानहरुको उत्पादनलाई बजारीकरण गर्नको लागी मालारानी गाउँपालिकाले हाटबजार र कोशेली घर  सञ्चालन गरेको पालिका अध्यक्ष बालकृष्ण आचार्यले बताउनु भयो । महिला दिदी बहिनी मिलेर सहकारी स्थापना गरेको  नमुना काम गरेकोमा वडा नम्बर २ का वडा अध्यक्ष बिष्णुप्रसाद भुसाल बिनोदले धन्यबाद दिनु भएको थियो ।  
कार्यक्रममा केन्द्रिय सहकारी संघका कार्यक्रम अधिकृत बसन्त अर्यालले सहकारीले गाउँमा परिर्बतन गर्ने गरि कार्यक्रम सुरुवात गरेको भन्दै कार्यक्रमलाई कार्यन्वयन गर्न र कृषि कर्जालाई सहि सदुपयोग गरि आम्दानी गर्नु पर्नेमा जोड दिनु भयो । 
यस्तै फिलड प्रशिक्षक उमा भुसालले महिला दिदी बहिनीहरुले दुई बर्षको अबधिमा फड्को मारेको र नेतृत्व समेत बिकाश गरेको र सहकारीलाई निरन्तर सफल बनाउन सबैको सहयोग खाचो रहेको बताउनु भएको थियो ।

अन्य समाचारहरु