दिपक भुसाल
काठमाडौं । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा ७ नुवाकोट निवासी १४ बर्षिय मुटु राेगले पिडित पुष्पा बिकलाई अर्घाखाँची डटकम काठमाडौं व्युरो दीपक भुसाल र पत्रकार अर्जुन भुसाल द्धारा सन्धिखर्क नगरपालिका ७ खाँचीकोट निवासी चिरन खड्काले संकलन गरेको रक़म शहीद गंगालाल राष्ट्रीय ह्रदय केन्द्रमै पुगी सहयाेग हस्तान्तरण भएको छ ।
यस अघि अर्घाखाँची डटकमवाट लिएको अन्तरवार्ताको प्रभावले सहयोग आउने क्रम जारी नै छ । केही दिन पहिला भुनपा ७ पाँनडाडा कै राकेश रायमाझीले संकलन गरेको १४ हजार सहयोग रक़म अर्घाखाँची डटकम कै व्युरो टीम गाउमै गएर हस्तान्तरण गरेको थियो ।
यस पटक खाँचीकोट निवासी चिरन खड्काले संकलन गरेको आठ हजार हस्तान्तरण गरिएको छ । वैदेशीक रोज़गार को सिलसिलामा मध्यपुर्वको युएईमा रहनु भएक खाँचीकोट स्थायी घर हुने समाजसेवी चिरन खड्काले ३० हजार संकलन गरेर अर्घाखाँची डटकम् परराष्ट्र मामिला तथा व्युरो प्रमुख डिआरजी सुमनलाई पठाएपछि डिआरजी सुमनकै नेतृत्वमा रक़म हस्तान्तरण भईरहेको छ ।
चिरन खड्का द्धारा पठाईएको सहयोग रक़म यसअघि व्युरो प्रमुख डिआरजी सुमन र पाणिनी स्थित संवाददाता दिनेश गैरेको हातवाट पाणिनी ६ ठुलापात्लामा दुवै मृगौलाले पिडीत १२ वर्षीय वीर वहादुर नेपालीलाई ८ हजार हस्तान्तरण गरी सकिएको थियो भने अवको केही दिनमा सन्धिखर्क नगरपालिका ७ खाँचीकोट निवासी खुट्टाको समस्यामा रहेका गंगा सागर खड्का लाई काठमाण्डू डेक्स वाट नै सहयोग रक़म हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
तस्वीर दीपक भुसाल/अर्घाखाँची डटकम्