अर्घाखाँचीभर रहेका बिभिन्न खानेपानी योजनाहरुको काम द्रुत गतिमा हुँदै


सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा रहेका बिभिन्न खानेपानी योजनाहरुको काम द्रुत गतिमा अगाडि बढिरहेका छन। 
पाल्पामा मुख्य डिभिजन रहेको खानेपानी कार्यालय अर्घाखाँचीमा साईट कार्यालय छद आर्थिक बर्षमा २५ वटा ठुला आयोजनाहरु सम्पन्न गर्ने उदेश्यका साथ काम दुर्तगतिमा अगाडि बढाईएको डिभिजन प्रमुख शिब श्रेष्ठले जानकारी दिनु भयो ।
आर्थिक बर्षमा अर्घाखाँची जिल्लामा मात्रै योजनाको सम्झौता अनुसार १० करोड रकमको  पाईप खरिद जिआई पाईप खरिद देखि निर्माणका काम  गरि बिभिन्न योजनाहरु सम्पन्न  गरि  भुक्तानी  दिई सकिएको डिभिजन कार्यालय पाल्पाका प्रमुख शिब श्रेष्ठले बताउनु भयो ।
खानेपानी साईट कार्यालय अर्घाखाँचीमा कर्मचारीहरु दिउसो बिहान कार्यालयमा बसेर काम गर्छन भने दिउसोमा साईट पुगेर गुणस्तरीय काम गराउनेमा ब्यस्त हुने गरेक‍ साईट कार्यालय अर्घाखाँचीका ईन्जिनियर राम भरोस यादबले बताउनु भयो ।
प्राबिधिकहरुले बिहान ७ बजे देखि अपिसको काममा ब्यस्त देखिन्छन भने बेलुका ७ बजे सम्म जन्ताको काम गरिरहेको देख्न सकिन्छ । यसरी रातदिन प्राबिधिक खटेर काम गरेपछि गाउँमा आफुहरुलाई योजना सम्पन्न गर्न निकै सजिलो हुने गरेको उपभोक्ता समितिका अध्यक्षहरु बताउछन ।
खानेपानीका योजनाहरु अधिकाम्स गाउँमा उपभोक्ता समितिले गर्ने गर्दछन ।  उपभोक्ता समितिहरुको माग अनुसार कार्यालयले सामान खरिद गरि उपभोक्ता समितिलाई बुझाउने गर्दछ । रातदिन प्राबिधिक खटेर काम गरेपछि अर्घाखाँचीमा मात्रै खरिद र निर्माणको गरि झन्डै १० करोडको काम रकम भुक्तानि गर्न कार्यालय सफल भएको हो ।
अषाढमा हतारमा काम सम्पन्न गर्ने परमपरालाई ट‍ोर्दै कार्यालयका कर्मचारीहरुले अनुगमन तिब्र पारि काम गरेको कर्मचारीहरुको भनाई छ । अब भने थप बजेट आएपछि थप योजनाहरुको काम हुने कार्यालय प्रमुख श्रेष्ठले बताउनु भयो ।
खानेपानीको पाल्पा र अर्घाखाँची पाल्पा डिभिजनले हेर्ने गर्दछ  । डिभिजन प्रमुख शिव मान श्रेष्ठ यस कार्यालयमा आएपछि अर्घाखाँची र पाल्पाका योजनाहरु गुणस्तरीयताका साथै धमाधम कामहरु भईरहेको स्थानिय उपभोक्ताहरु बताउछन ।

अन्य समाचारहरु