हिम लेकाली
सन्धिखर्क, अर्घाखाँची २०७६ मंसिर २५ । नेपाल भ्रमण वर्ष २०२० जिल्ला स्तरिय पर्यटन प्रवर्द्धन समिति काे बैठक सन्धिखर्कमा सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति प्रमुख तथा पर्यटन प्रबर्द्धन समितिका संयाेजक पिताम्वर शर्मा काे अध्यक्षतामा बसेकाे बैठकले महत्त्वपूर्ण निर्णयहरू लियकाे छ । बैठकले भ्रमण वर्ष २०२० सम्पन्न गर्नका लागि प्रदेश सरकार संग कार्यक्रमकाे प्रस्तावना पेश गर्ने भएको छ ।जस्काे निम्ति डिभिजनल वन अधिकृत शिव प्रसाद शर्मा काे संयाेजकत्वमा सामजिक युवा ब्यक्तित्व , पिताम्वर खनाल , महिला नेत्री छमकुमारि खनाल (चिनारि), जेष्ठ नागरिक समाजका निम बहादुर रिजाल , अशाेका ट्रावल्सका शाखा प्रबन्धक सुदिप खनाल , अर्घाखाँची च्यामवरका अध्यक्ष अशाेक श्रेष्ठ ,र पत्रकार महासंघ का अध्यक्ष हिम लेकाली समेत रहेकाे ७ सदस्यीय कार्यक्रम तर्जुमा उप समिति गठन गरेकाे छ । उक्त समितिकाे बैठक अाजै बसि पर्यटन प्रबर्द्धनका लागि अावश्यक पर्ने प्रचार प्रसार ,सूचना सन्चार ,सांस्कृतिक तथा पर्यटकिय मेला महाेत्सव सन्चालन लगायतका कार्यकाे लागि अावश्यक पर्ने अनुमानित बजेट र कार्यक्रमकाे खाका समेत मुल समिति समक्ष प्रस्ताव पेश गर्ने निर्णय गरेकाे छ ।

उप समितिकाे एस बैठकले पर्यटन वर्ष २०२० लाई टेवा पुर्याउन यस जिल्लामा रहेका गाउँ पालिका तथा नगरपालिकाका पदाधिकारी सहितकाे बैठक यथासिघ्र राख्न मुल समितिलाई अनुराेध गर्ने समेत निर्णय गरेकाे छ । , त्यसै गरि जिल्ला समन्वय समिति उप प्रमुख ऋषि बहादुर पुलामिकाे संयाेजकत्वमा , सामाजसेवी युवा , शेषकान्त अाेसन र हाेटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष , माेहन सिं ठकुरि रहेकाे ब्राेसर निर्माण उप समिति समेत गठन गरियकाे छ । उक्त समितिले जिल्लामा रहेका धार्मिक , सांस्कृतिक तथा पर्यटकीय स्थलहरूकाे खाेजी सहित तिनिहरूकाे चिनारि दिने गरि ब्राेसर तयारिकाे खाका मुल समिति समक्ष पेस गर्ने छ ।
पर्यटन प्रबर्द्धन समितिका सदस्य सचिव जिल्ला समन्वय अधिकारी जगन्नाथ पन्त काे सन्चालनमा सम्पन्न बैठकमा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू पर्यटन क्षेत्रमा याेगदान दियका ब्यक्तिहरूकाे उपस्थिती रहेकाे थियाे ।