मालारानी गाँउपालिकामा भएका विकास निर्माण र गतिविधिको जिल्ला समन्वय समितिद्धारा अनुगमन

प्रेमनारायण आचार्य 
मालारानी, अर्घाखाँची २४ मसिर- अर्घाखाँचीको मालारानी गाँउपालिकामा भएका विकास निर्माण र गतिविधिको जिल्ला समन्वय समितिले  अनुगमन गरेको छ । 
गाँउपालिकामा बन्न लागेका मोटरबाटो, खानेपानी , अनुगमन गरिएको थियोे । अनुगमन तथा अन्तरक्रिया कार्यक्रममा मन्तब्य राख्दै जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्माले विकास योजना पारदर्शी र दिगो टिकाउ हुने खालका बनाउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख ऋषिवहादुर पुलामीले विकास योजना सँगै मालारानी मन्दिरको पनि संरक्षण प्रबद्र्धन गर्न सके पर्यटक आगमन गराउन सकिने बताउनुभएको छ कार्यक्रममा मालारानी गाँउपालिकाका अध्यक्ष बालकृष्ण आचार्य उपाध्यक्ष प्रमिला क्षेत्री जिल्ला समन्वय अधिकारी जगन्नाथ पन्त शाखा अघिकृत शकर भुसाल लगायतले मन्तब्य राख्नु भएको थियो । 
कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य , वडा मालारानी गाँउपालिका कार्यक्रम अघिकृत नेत्र प्रसाद खनाल सञ्चालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु