अनिल नेपाली
सन्धिखर्क, अर्घाखाँची २७ मसिर । लाईन्स क्लब अफ इन्टरनेशनल सेन्ट्रल लुम्विनीले आज एक कार्यक्रमका बीचमा जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश विस्टको प्रमुख आतिथ्यतामा अर्घाखाँचीमा कार्यरत १२ जना ट्राफिक प्रहरीलाई टोपी र पन्जा वितरण गरेको छ ।
कार्यक्रममा मन्तब्य राख्दै प्रहरी नायब उपक्षिक प्रकाश विस्टले क्लबले गरेको कामको मुक्तकण्ठले प्रसंशा गदै आगामी दिनमा अन्य सहयोग गर्न आग्रह गदै जिल्लामा मानिसको जनघनत्व र सबारी साधनको चाप बढेको ग्रामीण क्षेत्रमा आबश्यकता अनुसार ट्राफिक प्रहरी खटाउन नसकेको बताउदै जिल्लामा ट्राफिक प्रहरीको दरबन्दी तोकेके भन्दा बढि भएतापनि जिल्लाको संरचनाअनुसार नभएको बताउदै ट्राफिकका लागि चाहिने अत्याआबश्यक ट्राफिक कोन बेरेटलाईजर लगायतका साम्रगी आबश्यक रहेको बताउनुभएको थियो ।
कार्यक्रममा लाइन्स क्लब अफ इन्टरनेशनल सेन्ट्रल लुम्विनी का प्रमुख शिबदेब पाण्डेले उक्त सामाग्री हस्तातरण गदै थप सामाग्रीको लागि पहल गर्ने बताउनुभएको थियो
कार्यक्रममा पत्रकार महासंघ सहसचिब अनिल नेपाली ट्राफिक कार्यालयका निमिक्त कार्यालय प्रमुख रण बहादुर सेन लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सञ्चालन लाईन्स क्लब अफ इन्टरनेशनल सेन्ट्रल लुम्विनीका सदस्य तेजेन्द्र पाण्डेले सञ्चालन गनुभएको थियो ।