किमडाँडाको पकलेमा वायोचार र मानवमुत्र संकलन तथा प्रयोग सम्बन्धि ३ दिने तालिम शुरु

प्रेम नारायण आचार्य
पकले, अर्घाखाँची । पिसावलाई हिसाबमा रुपान्तरण गरौ भन्ने नाराकासाथ वायोचार र मानवमुत्र संकलन तथा प्रयोग सम्बन्धि ३ दिने तालिम सन्धिखर्क नगरपालिका ८ किमडाँडाको पकलेमा शुरु भएको छ ।
मानव मुत्रको प्रयोग गरी कृषि उत्पादन बृद्धि गर्ने उदेश्यले तालिमको आयोजना गरिएको हो । तीन दिन सम्म चल्ने तालिममा अगुवा कृषक र कृषि अध्यन गर्ने विद्यार्थी गरी ८० जनाको सहभागिता रहेको छ ।
तालिमको उद्धाटन सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार विक, नगरपालिकाका शिक्षा शाखा प्रमुख युगलनारायण बसेल, शिक्षा विकास तथा समन्वय इकाइका मनिराम पराजुली, नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र भटराइ, जनता कृष्ण माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण पौडेल लगायतले मन्तब्य राखेका थिए ।
तालिमको सहजीकरण श्रीरेन्द्र प्रकाश पोख्रेलले गर्नु भएको थियो । कार्यक्रम जनकप्रसाद बस्यालको सञ्चालनमा सम्पन्न भएको हो । 

अन्य समाचारहरु