बाँगीको कुजेरीका आगोले जलेर घाइते थापालाई उदियमान जनजागृति क्लबद्वारा आर्थिक सहयोग

मधुसुधन पाण्डे 
बाँगी, अर्घाखाँची मंसिर २८ ।  मानिस सामाजिक प्राणी हो।आफू पनि बाच्नु पर्छ र अरुलाई पनि बचाउनु पर्छ । आपतविपत जो कसैलाई  जुनसुकै समयमा पनि पर्न सक्छ । बिरामी हुँदा आर्थिक रकम जुटाउन समस्या परेका परिवारलाई हाम्रो सानो आर्थिक सहयोगले बिरामीको ज्यान बच्छ भने हामीले किन सहयोग नगर्ने?
यतिबेला अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा ५ कुजेरी निवासी राकेश थापाका १४ वर्षे छोरा राजन थापा आगोले जलेर घाइते भएका   कारणले गर्दा काठमाण्डौंमा उपचार गर्न लागिएको छ।उनिलाई उपचार गर्न परिवारको पैसाले मात्रै नपुग्ने हुँदा उपचारमा सहयोग पुगोस् भनेर सहयोग रकम जुटाउने काम भएको छ।
यसैबीच आज एक कार्यक्रमको साथमा उनलाई काठमाण्डौंको अस्पतालमै पुगेर उदियमान  जनगागृति क्लबद्वारा आर्थिक सहयोग गरिएको छ।मालारानी गाउँपालिका वडा ५ चौहानडाँडामा रहेको उक्त क्लबका पदाधिकारीहरुद्वारा आर्थिक रकम जुटाएर हस्तान्तरण गरिएको थियो ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा क्लबका अध्यक्ष  विष्णु चौहान र अन्य पदाधिकारीहरु  , जनक चौहान , विमल चौहान, अभिनव चौहान, चम्पक चौहान ,  समाजसेवी कुल बहादुर चौहान र गंगा पन्थी लगायतका व्यक्तिहरुको उपस्थितिमा सहयोग रकम  हस्तान्तरण गरिएको थियो।
सहयोग गर्नेको नाम र रकम यस् प्रकार रहेको छ।
१.उमेश चौहान रु. २०००
२.विष्णु चौहान रु १५००
३.विमल चौहान रु.१०००
४. खगेन्द्र चौहान रु.१०००
५. गिरिजा चौहान रु.१०००
 ६. गोविन्द चौहान रु.१०००
७. सुशील चौहान रु.१०००
८. राम चौहान रु.१०००
९.केशव पन्थी रु १०००
१०. कृष्ण चौहान  (लखन) रु.१०००
११. टान बहादुर  चौहान ( प्रदीप ) रु.१०००
१२. जनक चौहान रु.१०००
 १३. सागर चौहान रु.५००
१४. बसन्त चौहान रु.५००
१५. चम्पक चौहान  रु. ५००
 जम्मा सहयोग भएको रकम १५००० (पन्ध्र हजार ) रहेको छ। 

अन्य समाचारहरु