सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । संविधानमा राजनीतिक संगठन तथा निर्वाचन प्रक्रियामा आरक्षण कोटा तोकिए पनि व्यबहारमा अर्थपूर्ण सहभागिता नभएको कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् चुनावी प्रतिस्पर्धामा दलित वर्गका महिलाहरू निर्वा्िचत भएपनि उनिहरूको अर्थपूर्ण सहभागिता भने हुन नसकेको कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन्
दलित महिलाहरू स्थानीय तहको चुनावपछि निर्वा्िचत भए पनि उनीहरूले निर्णय लिने, योजना माग गर्ने, योजना कार्यान्वय गर्ने प्रक्रियामा अर्थपूर्ण सहभागिता हुन नसकेको दलित महिला केन्द्रकी केन्द्रिय अध्यक्ष गौरा नेपालीले बताइन्। आइतबार जिल्ला सदरमुकाम सन्धिखर्कमा आयोजित महिला जनप्रतिनिधिहरुको नेतृत्व विकासका लागि सम्वन्ध विस्तार अन्तरक्रिया कार्यक्रममा उनले महिलाहरू अझै सशक्त हुन नसकेकाले अर्थपूर्ण सहभागिता हुन नसकेको बताइन्। सीमित महिलाको उपस्थितिलगायत शिक्षा, ज्ञान, सिपको कमी भएका कारण उनीहरुको सहभागिता अर्थपूर्ण हुन नसकेको उनको भनाइ रहेको थियो निर्वा्िचत दलित महिला प्रतिनिधिलाई ऐन, कानूनबारे जानकारी नभएको बताइन् ।
कार्यक्रममा मन्तब्य राख्दै सन्धिखर्क नगरपालिका नगर प्रमुख कमल प्रसाद भुसाल उपप्रमुख ठाकुर कुमार विक किशोरले ‘आश्बयक ज्ञान सीप क्षमताको विकास गरी नेतृत्वमा पुगेको खण्डमा जनप्रतिनिधि सबै समान हुने बताउदै महिलाको लागि सविधानले सबै हक अघिकार प्रवन्ध गरेको बताएका थिए ।
कार्यक्रममा बोल्दै निमिक्त प्रमुख जिल्ला अघिकारी विष्णुराज बेल्बासे समाजबादीका नेता नेत्र बहादुर थापा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के.सी नेपाली काग्रेसका जिल्ला सभापति विष्णु प्रसाद खनाल मुस्कान नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य लिल बहादुर विक दलित अघिकारकर्मी भोज बहादुर गन्धर्ब पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य लगायतका बक्ताले कार्यक्रममा मन्तब्य राख्दै ‘जनचेतनाको माध्यमबाट दलित महिलालाई प्रशिक्षित गनुपर्ने बताएका थिए ।
कार्यक्रम केन्द्रिय अध्यक्ष गौरा नेपालीको अध्यक्षता जिल्ला प्रतिनिधि राधा नेपालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।