अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९ मा रहेको अर्घा रजस्थल मावि रहिसचाैर काे ४५ औ बार्षिकाेत्सव तथा अभिभावक दिवस समारोह एक भब्य समारोहबीच उदघाटन गरिएको छ ।
बार्षिक उत्सब समारोह को सन्धिखर्क नगरपालिका का नगर प्रमुख कमल प्रसाद भुसालले उदघाटन गर्नु भएको हो ।
कार्यक्रममा नगरपालिका का उपप्रमुख ठाकुर कुमार बिक वार्ड अध्यक्ष देब बहादुर रायमाझी लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियोे ।